ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट छ जना पक्राउ


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२ ३ असोज,काठमाडौं। झापा, भद्रपुर नगरपालिका-५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ १ ग्राम २ सय ३० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-३ बस्ने १९ वर्षीय अनुज राजबंशीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेको मे.१० प २७१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक अनुजलाई अण्डरवयेरभित्र लुकाई ल्याउँदै गरेको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ स्थित मेचीडाँडा निस्कने गोरेटो बाटोबाट अवैध लागूऔषध खैरो हेरोइन ४ ग्राम ५ सय मिलिग्रामसहित इलाम, इलाम नगरपालिका-९ गोलबस्ती बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई मलद्वारको लुकाई ल्याउँदै गरेको उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

ADVERTISEMENT

उदयपुर, बेलका नगरपालिका-१ आम्बासीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सुपैउत पिप्राई-३ बस्ने २५ वर्षीय रञ्जित मुखिया र भारत बैजानपुर-४ बस्ने १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-२ क्षितिज चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र स्पास्मो २ सय ट्याबलेटसहित सोही ठाउँ बस्ने २४ वर्षीय विज्ञान राईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

कास्की, धादिङ गजुरी गाउँपालिका-३ बस्ने २२ वर्षीय रबिन्द्र तामाङलाई करिब ४ केजी गाँजासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले पोखरा उपत्यकाभित्र चल्ने ग.१ ख ९८७८ नम्बरको नगर बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै पोखरा महानगरपालिका-५ जिरो किलोमिटरमा सोही बस पार्किङ गरी राख्ने क्रममा बसमा शंकास्पद कालो रङको झोला रहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले उक्त झोला खोली हेर्दा करिब ५ केजी गाँजा फेला पारी बरामद गरेको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

सविताद्धारा जन्मदिनको अवसरमा बृद्धबृद्धालाई खाद्यान्न र न्यानो कपडा वितरण

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host