२६ असोज,सुनसरी। ६८औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गरिएको छ ।
प्रदेश संघकी अध्यक्ष श्रीमती बास्तोला लगायतका पदाधिकारीहरूले धरान उप-महानगरपालिका-१६ स्थित भगवती आधारभूत विद्यालयमा अध्ययनरत ९० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग वितरण गर्नुभएको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले सेवा नै धर्म हो भन्ने भावनाका साथ निरन्तर रूपमा यस्ता कार्यक्रमहरू संचालन गरिरहेको छ ।कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, संचारकर्मीहरु, विद्यालयका पूर्व विद्यार्थीहरु तथा स्थानीय-वासीको समेत उपस्थिति रहेको थियो ।