ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

दिगो र भरपर्दो सेवाका कारण रुचिकर बन्दै एनटी फाइबर :एनटी फाइबरका यस्ता छन् ; फाइदै फाइदा


ADVERTISEMENT

२३ कात्तिक , काठमाडौँ । नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा समेत प्रयोग गर्न सकिन्छ ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर हाल सेवाग्राहीले निकै नै रुचाएको पाइएको छ । विभिन्न फरक विशेषता र महशुल दर पनि कम भएकाले यसप्रतिको आकर्षण अभिवृद्धि भइरहेको छ ।

एउटैमा तीन प्लस १ सेवा फाइबर टु द होम (एफटीटीएच) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकैपटक चारवटा सुविधा लिन सकिन्छ । यसबाट एकैपटकमा उच्च गतिको इन्टरनेटका साथै रोजेको च्यानलसहितको टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटा समेत चलाउन सकिन्छ । एउटै तारबाट आवश्यकता अनुसार चारवटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान(3 plus 1) अर्थात ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ ।

अन्डरग्राउन्ड केबलमार्फत गुणस्तरीय सुविधा

एफटीटीएच सुविधा उपलब्ध गराउनका लागि आवश्यक पर्ने प्राइमरी नेटवर्क अर्थात कम्पनीको मुख्य सिस्टमदेखि फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) सम्मको नेटवर्क पूर्णत अन्डरग्राउन्ड अर्थात जमिन मुनि हुन्छ । त्यसपछि ग्राहकको घरसम्म फाइबर पुर्‍याउनका लागि मात्र एरियल नेटवर्कको प्रयोग गरिन्छ । यसरी अन्डरग्राउन्ड गरिएका नेटवर्क तुलनात्मक रुपमा थप सुरक्षित र गुणस्तरीय समेत हुनुका साथै केबल जमिनमुनि रहने हुनाले काटिएर क्षति हुने सम्भावना कम रहन्छ । भरपर्दो मानिएको अन्डरग्राउन्ड नेटवर्कमार्फत सेवाग्राहीलाई इन्टरनेट सुविधा उपलब्ध गराउने नेपाल टेलिकम मुलुकको एक मात्र कम्पनी हो ।

ड्युअल ब्यान्ड सीपीईमार्फत सेवा

पछिल्लो अवस्थामा कम्पनीले ड्युअल ब्यान्ड सीपीई (राउटर) मार्फत एनटी फाइबर उपलब्ध गराइरहेको छ । पहिले वाइफार्ईको बढ्दो प्रयोगका कारण 2.4 GHZ को फ्रिक्वेन्सी (Frequency_ ) मा निकै धेरै सिग्नलहरु 2.4 GHZ रहने हुनाले  Signals_ मा धेरै Interference_ को कारण वाइफार्ई भरपर्दो नहुने र सोको तुलनामा छ, AofG को फ्रिक्वेन्सीमा वाइफार्ई भरपर्दो र गुणस्तरयुक्त हुने गरेको छ । ड्युअल ब्यान्डमार्फत सेवा उपलब्ध गराउँदा सेवाको निरन्तरता सुनिश्चित हुनुका साथै सेवामा अवरोध आउने सम्भावना पनि कम हुन्छ । यसबाट सेवाको गुणस्तर समेत सुधार भएको छ ।

तोकिएकै गतिमा इन्टरनेट सुविधा

नेपाल टेलिकमले २४, ४०, १०० र १४० एमबीपीएसको गतिमा एनटी फाइबर सेवा उपलब्ध गराइरहेको छ । कम्पनीका सेवाग्राहीहरुले कम्पनीद्वारा तोकिएको गति अनुसारकै गुणस्तरीय सुविधा उपभोग गर्न पाउँछन् । कम्पनीले तोके बमोजिमकै व्यान्डविथ उपलब्ध गराइरहेको छ । सिंगल युजर भएको समयमा जहिले पनि यस अनुसारको गतिको सुविधा उपयोग गर्न सकिन्छ ।

एक्सजीपोन (XGPON) प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा

नेपाल टेलिकमले हाल १ जीबीपीएस (१००० एमबीपीएस) सम्म उच्च गतिको एक्सजीपोन  (XGPON) प्रविधिमा आधारित एफटीटीएच इन्टरनेट सेवा समेत प्रारम्भ गरेको छ । सो सेवा ४०० एमबीपीएस र १ जीबीपीएस गरी दुईवटा प्याकेजमा उलपब्ध छ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.४ जीबीपीएस रहेको छ । हालका लागि काठमाडौं उपत्यकामा उपलब्ध गराइएको यो सेवा व्यावसायिक संस्थाहरुका लागि लाभदायक छ ।

जडान र कम्प्लेनका लागि निःशुल्क नम्बर १९८–१ 

आफूलाई आवश्यक परेको स्थानमा एफटीटीएच सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १) डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिमार्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्था छ । यो सेवाको प्रयोग गरी एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ । त्यसैगरी four G  सेवाले राम्ररी काम नगरेमा वा लाइन बिग्रिएको अवस्थामा मर्मतका लागि (Complain) दर्ता गराउन पनि सकिन्छ ।

विभिन्न सुविधाका लागि नेपाल टेलिकम एप

नेपाल टेलिकम एपबाट अन्य विभिन्न सेवाका साथै एफटीटीएचको बारेमा पनि विभिन्न जानकारी लिन सकिन्छ । यसका लागि ग्राहकले प्रयोग गरिरहेको सीपीयूको सिरियल नम्बर राखेर रजिस्टर गर्न सकिन्छ । यस पश्चात कस्टमर नम्बर राखेर विभिन्न सुविधा उपयोग गर्न सकिन्छ । घरमा एफटीटीएच चलेको वा नचलेको वा सिग्नलको अवस्था मोबाइलमा भएको एपबाटै हेर्न सकिन्छ । त्यसैगरी सीपीईलाई एपबाटै रिस्टार्ट गर्न पनि सकिन्छ । आफूले चलाइरहेको प्याकेज र यसको स्पिड तथा चलाउन बाँकी प्याकेजको अवस्थाका बारेमा पनि यसबाटै जानकारी लिन सकिन्छ । इन्टरनेटको डाउनलोड र अपलोड स्पिड पनि थाहा हुन्छ । यसमा भएको सेटिङ प्रयोग गरी वाइफाईको नाम र पासवर्ड परिवर्तन पनि एपबाटै गर्न सकिन्छ ।

ADVERTISEMENT

निःशुल्क ल्यान्डलाइन फोन

कम्पनीले एफटीटीएच सेवामा ग्राहकको आवश्यकता बमोजिमका विभिन्न प्याकेजहरु उपलब्ध गराएको छ । यी प्याकेजमा फाइबर इन्टरनेट सहित १ लाइन निःशुल्क टेलिफोन सुविधा समेत उपलब्ध हुन्छ । यस अतर्गत प्राप्त हुने टेलिफोनबाट निःशुल्क रुपमा असीमित टेलिफोन गर्न सकिन्छ।

७ देखि ७ सम्मको मर्मत सुविधा

ADVERTISEMENT
ADVERTISEMENT

हाल एफटीटीएच मर्मतका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्मकै सेवा उपलब्ध छ । काठमाडौं उपत्यकाका कार्यालयहरुमा यो सुविधा उपलब्ध भइरहेको छ भने उपत्यका बाहिर पनि यस प्रकारको सेवा विस्तार भइरहेको छ । कथंकदाचित् एफटीटीएच सेवामा अवरोध उत्पन्न भएमा मर्मत सुविधा तत्काल उपलब्ध हुन्छ । सेवामा गडबडी आएको गुनासो लगत्तै मर्मतको कार्य सम्पन्न गरिने र लामो समयसम्म सेवामा अवरोध नरहने भएकाले सेवाग्राहीले निरन्तर सेवाको उपयोग गरी लाभ हासिल गर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

मासिक १०० अभियान नेपालद्वारा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई न्यानो ज्याकेट वितरण

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

काजकिरिया गर्ने १३ दिनलाई घटाएर ५ दिनमा ल्याउनुपर्छ भन्नेहरुको नयाँ कार्यसमिति गठन

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

स्थानीय तह कर्मचारी संघ नेपालको बैठक फाल्गुण ६ र ७ गते भेडेटारमा बस्ने

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

मासिक १०० अभियान नेपाल द्वारा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host