५ पुष, काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका विद्यार्थीलाई नेपाल इन्जिनियरिङ कलेजले छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले २०८० कार्तिक १७ गते जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका विद्यार्थीहरुलाई पाँच वटा पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो । कलेजले स्नातक तह अन्तर्आगत र्किटेक्चर , कम्प्युटर इन्जिनियरिङ , सिभिल इन्जिनियरिङ , सिभिल एण्ड रुरल इन्जिनियरिङ , इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियङि , इलेक्ट्रोनिक्स एण्ड कम्युनि – केशन इन्जिनियरिङ र ब्याचलर फर डिप्लोमा होल्डर्सको लागि सिभिल इन्जिनियरिङ कार्यक्रम मध्ये ५ वटा सिटमा छात्रवृत्तिको घोषणा गरेको हो ।
‘ भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमका नागरिक आक्रान्त बनिरहेको अवस्थामा उनीहरुका छोराछोरीका लागि अध्ययन अध्यापनमा सहयोग पुगोस् भनेर हामीले स्नातक तहमा ५ वटा सिट छुट्याएका हौं ।’