६ पुष, काठमाडौँ। बुढानिलकण्ठ नगरपालिकाले बुढानीलकण्ठ नगरपालिका भित्र संचालित सबै विद्यालयलाई सुसुचित गराउदै सुचना मार्फत जानकारी गराएको छ। सुचना अनुसार विद्यालयले चाडपर्वका नाममा विद्यार्थीलाई विद्यालयकाे पाेसाकभन्दा फरक पोसाक किन्न लगाएको हुदाँ अब उप्रान्त तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई नगरपालिकाले अनुरोध गरेकाे छ। साथै नगरपालिकाकाे निर्णय विपरित कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सुचनामा उल्लेख गरिएकाे छ। सुचना पढ्नुहोस्।












