१३ माग, काठमाडौं। सुरभि साहित्य प्रतिष्ठानका संरक्षक वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेले हरेक वर्ष वाङ्मयका क्षेत्रमा प्रदान गरिने गरी रु ४१ हजारको सुरभि–विजय चालिसे वाङ्मय पुरस्कार प्रदान गरिने गरी नगद सात लाख रुपैयाँको अक्षयकोष सुरभि साहित्य प्रतिष्ठानमा स्थापना गर्न प्रदान गर्नु भएको छ । उक्त कुरा सुरभि साहित्य प्रतिष्ठानको मिति २०८० माघ १३ गते शनिबार बसेको कार्यसमितिको बैठकले निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले जानकारी गराउनुभयो ।
त्यसैगरी यस प्रतिष्ठानले आगामी माघ २० गते शनिबार नियमित हुने गरेको कार्यक्रम स्थल गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित ढोल्खाधारो, कृष्णमन्दिर कुटीमा विभिन्न साहित्यकारलाई अभिनन्दन, सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । जसमा रु.२४,००४।–को गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार रु.२४,००४ ।–को सुरभि–बाजुराम आख्यान साधना पुरस्कार, रु.२४,०००४ ।– को सुरभि–रमा–बद्री निबन्ध पुरस्कार, रु. १०,००४।–को सुरभि–अच्युतराम लघुकथा पुरस्कार, रु.१०,००४।–को सुलेख आख्यान प्रतिभा पुरस्कार, रु.१०,००४ ।– को सुरभि–प्रह्लाद नारी आख्यान पुरस्कार, रु.१०,००४ ।– को सुरभि–वेदमणि आख्यान प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।