१५ वैशाख, काठमाडौं / सन्तोष प्रसाद तिवारी।
२०८१ वैशाख ११ गतेदेखि सुरु भएको श्री उग्रतारा बज्रयाेगिनी माईकाे जात्रा ३३०० वर्ष पुरानोको एतिहास बाेकेर हाल सम्म चलिआएको सांस्कृतिक र धार्मिक महत्वको इतिहास दर्शाउँने जात्रा हो। काठमाडौँ शंखरापुर नगरपालिकाको घुमारीचोकमा अवस्थित यो जात्रा तिथिको हिसाबले ८ रात ९ दिनसम्म लाग्ने छ, याे हरेक वर्षको वैशाख १ गते नयाँ वर्षको दिन मुर्ति/ प्रतिमालाई आफ्नै ठाउँमा विराजमान गराईने परम्परा रहेको यो जात्रा यसपाली तिथिको हिसाबले ११ गते देखी सुरु भएको छ । याे जात्रा प्रत्येक वर्षको चैत्र शुक्ल पूर्णिमामा चलाईन्छ।
यस जात्राको एतिहासिक, धार्मिक, सांस्कृतिक एवं पौराणिक महत्व रहेको स्थानीयको भनाई छ। वैशाख ११ गतेबाट श्री उग्रतारा बज्रयोगिनी माईको मूर्तिलाई बज्रयोगिनिबाट खटमा राखी जात्रा गरि साँखु शहरमा ल्याइने भएको छ। साँखु शहरमा ८ वटा टोल मध्य २-२ वटा टोल मिलि ४ ठाउँमा मुर्ति/प्रतिमा राख्ने भवनमा बिराजमान गराई जात्रा चलाउने प्रचल छ,तसर्थ यसपाली साँखुकाे धुँलाटाेल र साल्खा टोलको पालो रहेको छ। पालाे अनुसार धुंलाटोलको देवघरमा देवी देवताहरु बिराजमान गराईएको छ। मूल-जात्रा वैशाख १८ गते श्री बज्रयोगिनी माता चैत्य (चिवा द्दो ) शिमघिनी ब्याघिनी तथा बसुन्धरा माई सहितको जात्रा गरिनेछ,भने १९ गते मुर्ति/ प्रतिमा रथमा राखेर भोलि पल्ट साँखुको कोलागालमा विविध सांस्कृतिक धार्मिक परम्परा अनुसार जात्रा गरि श्री उग्रतारा बज्रयोगिनी माई सहित फिर्ती भैइ यस वर्षको जात्रा समापन गरिदैं सम्पन्न हुने समितिले जनाएको छ।











