ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

गाजा आक्रमणविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन


गाजा आक्रमणविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

१४ साउन ,काठमाडौं/ प्यालेस्टाइनमा निरन्तर भइरहेको इजरायली आक्रमणको विरुद्धमा काठमाडौंमा विरोध सभा सम्पन्न भएको छ । प्यालेस्टाइनी मुक्तिकामी जनताको पक्षमा ऐक्यबद्धता जनाउनका लागि राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले आइतबार (२८ जुलाई २०२४) माइतीघर मण्डलामा विरोध सभा आयोजना गरेको हो। विरोध सभामा सहभागी वक्ताहरुले इजरायली आक्रमण, अमेरिका लगायत साम्राज्यवादी मुलुकहरुको उक्साहट र अस्पताल तथा विद्यालयहरुमा भइरहेको हमलाको कडा शब्दमा आलोचना गर्नुभयो । कार्यक्रममा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका नेता कमरेड परि थापाले दोस्रो विश्वयुद्धपछि तेस्रो विश्वका औपनिवेशिक मुलुकहरु मुक्त हुँदै गए पनि प्यालेस्टाइन चाहिँ साम्राज्यवादीहरुकै योजनामा खोसिएको सन्दर्भ उल्लेख गर्दै प्यालेस्टाइनी जनताले दुःखको ७५ वर्ष पार गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘१४ मे १९४८ मा इजरायल नामको नक्कली राष्ट्र स्थापना गरेर प्यालेस्टाइनी जनतालाई दुई किनारमा विभाजित बनाउने काम साम्राज्यवादीहरुकै योजनामा भएको हो ।’ थापाले प्यालेस्टाइनी मुक्ति आन्दोलनका पक्षमा रहेका भए पनि त्यहाँका फरक–फरक समूहमा विभाजित सङ्गठनहरु हालै संयुक्त रुपमा आन्दोलन गर्ने सहमतिमा पुग्नु सकारात्मक कदम रहेको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड लोकनारायण सुवेदीले आफ्नो मुलुकको स्वतन्त्रताको पक्षमा बहादुरीपूर्वक लड्ने प्यालेस्टाइनी जनताका पक्षमा संसारैभरिका न्यायप्रेमी जनताले ऐक्यबद्धता जनाएको बताउनुभयो । ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालले यसअघि पनि इजरायल आक्रमणको विरोधमा यही ठाउँमा (माइतीघरमा) विरोध प्रदर्शन गरेको थियो । अहिले पनि हामी फेरि आफ्नो ऐक्यबद्धता प्रकट गर्न उभिएका छौं’, सुवेदीले भन्नुभयो । उहाँले प्यालेस्टाइनका विभिन्न समूहहरु साझा उद्देश्यका लागि एकै ठाउँ हुने भनी यसै साता गरेको समझदारी स्वागतयोग्य भएको पनि चर्चा गर्नुभयो।

ADVERTISEMENT

अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समितिका सदस्य कमरेड मोहन खतिवडाले अमेरिकी साम्राज्यवादको उक्साहटमा प्यालेस्टाइनमाथि निरन्तर आक्रमण भएको भन्दै यसका विरुद्धमा संघर्षशील प्यालेस्टाइनी जनताका पक्षमा ऐक्यबद्धता कार्यक्रमहरु गरिएको बताउनुभयो । उहाँले क्रान्तिकारीहरुले यस प्रकारका कार्यक्रमलाई अझ सशक्त पार्नुपर्ने खाँचो पनि औंल्याउनुभयो । विरोध सभामा प्यालेस्टाइनका राष्ट्रिय कविका रुपमा परिचित विश्वविख्यात अरबी स्रष्टा महमुद दार्विशको ‘परिचय पत्र’ शीर्षकको कविता वाचन गरिएको थियो । कविता कवि शैलज पौडेलले वाचन गर्नुभएको थियो।
राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका संयोजक कमरेड सन्तबहादुर नेपालीले माइतीघरमा आज उभिएको जनपंक्तिलाई साम्राज्यवादविरुद्धको र अन्यायपूर्ण युद्धको विरुद्धको सन्देशका रुपमा अथ्र्याउनुभयो । संयोजक नेपालीको अध्यक्षतामा भएको विरोध सभामा सहभागीहरुले साम्राज्यवाद, इजरायली अतिक्रमणकारी र अन्यायपूर्ण युद्धका विरुद्धमा नाराबाजी पनि भएको थियो ।

गत अक्टुबर ७, २०२३ मा हमासबाट आक्रमण सुरु भएपछि चलेको युद्धमा आजसम्म झण्डै ४० हजार जनाको ज्यान गइसकेको छ । झण्डै एक लाख घाइते अवस्थामा छन् । संयुक्त राष्ट्र संघकै तथ्यांकअनुसार १ लाख ८० हजार भन्दा धेरै मान्छे यस बीचमा विस्थापित भएका छन् । पछिल्लो समय इजरायलले अस्पताल क्षेत्र, विद्यालय क्षेत्रमा पनि आक्रमण दोहोर्याइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host