२ भदौ , काठमाडौं । हाल देशभर साधारण देखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।यसैगरी, आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम लगायतका प्रदेशमा साधारण तथा आंशिक बदली रहनेछ। बाँकी प्रदेशका एक(दुई स्थानमा पनि मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरुमा मेघ र गर्जन चट्याङ्गसहित वर्षाको सम्भावना छ। मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।