ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नारायणगढ–बुटवल सडक पूर्वी खण्डमा २९ वटा पुल निर्माण


नारायणगढ–बुटवल सडक पूर्वी खण्डमा २९ वटा पुल निर्माण
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब ५ वटा पुल मात्र निर्माणको काम बाँकी छ । यस खण्डमा २५ मिटर लम्बाइ सम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ ।
ADVERTISEMENT
लामो पुलमा जय श्री र बेल्डियाका दुई वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए । यी पुलहरु केही दिनमा ढलानको काम हुनेछन् । ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उनले जानकारी दिए ।२ सय मिटरभन्दा लामा पुल गिरुवारी खोला, अरुणखोला र विनयी खोलाको पुल निर्माणको कामसमेत अघि बढिरहेको छ । ती पुलमध्ये दुम्किबासमा रहेको विनयी खोलाको पुरानो पुल भाँचिएको कारण अहिले उक्त स्थानका नयाँ पुल निर्माण गर्न लागिएको छ ।
विनयी खोलामा अहिले सवारी डाइभर्सनबाट सञ्चालनमा रहेको र पानी परे समस्या हुन सक्ने भएकाले नयाँ पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए ।“२ सय मिटर लामा तीन वटा पुलमध्ये विनयी खोलामाथि निर्माण हुन लागेको पुल निर्माणमा केन्द्रित छौँ, उक्त स्थानमा पुरानो पुल भाँचिएकाले नयाँ पुल चाँडै निर्माण गर्न लागेका छौँ, ढिलोमा जेठ पहिलो हप्तामा नयाँ पुलको काम सकेर सवारी चलाउने लक्ष्य छ”, सूचना अधिकारी खनालले भने ।
विनयी खोलाको ४ वटा स्पानमा काम गर्न बाँकी रहेको उनको भनाइ छ । त्यसका लागि बिमहरु तयार भएकाले लगेर राख्ने र लगत्तै ढलानको तयारी गरिने सूचना अधिकारी खनालले बताए । उनका अनुसार यो आर्थिक वर्षमा चोरमारामा रहेको गिरुवारी खोला र अरुणखोलाको पुल बाहेक सबै पुल निर्माण सम्पन्न हुनेछन् । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ ।
 निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ । यस अवधिमासमेत काम सकिने अवस्था लगभग टरेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६–६ मिटरको ‘सर्भिस लेन’ हुनेछ । दाउन्नेमा १४ किलोमिटर ३ लेनको सडक हुनेछ । रासस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

३३ बुँदे माग राख्दै लेखापढी व्यवसायीले सरकारलाई बुझायो ज्ञापनपत्र

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

पुराना दलले हाम्रो माग सुनेनन् हामी भोट बैँक मात्रै भयौ लैङ्गिक अल्पसंख्यक समुदायका उम्मेद्धवार

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव अफर सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host