सन्ताेष प्रसाद तिवारी/
१४ कार्तिक २०८१ काठमाडौं ।
काठमाडौंकाे उत्तरपुर्वि भागमा रहेकाे एतिहासिक एवम् पर्यटकीय नगरी शंखरापुर नगर पालिकामा अवस्थित भेगकै पुरानाे विद्यालयकाे नामले परिचित भाग्याेदय मा.वि.ले ७५ औं वार्षिक उत्सब मनाएकाे छ। उत्सव कार्यक्रममा स्वागत तथा विदाई कार्यक्रम समेत गरिएको छ।
कार्यक्रम विद्यालयकाे प्राङ्गणमा विविध सांस्कृतिक झलक एवम् उच्चस्त पदाधिकारी सहितकाे साथमा भव्य रुपमा गरिएको हाे। विद्यालयमा विद्यार्थी भाईबहिनिहरुले सांस्कृतिक कला कारीताबाट आफ्नाे बेजोड प्रस्तुति सहित मनाेरञ्जनात्मक दृश्य अवलोकन गराउने वातावरण प्रदान गर्दै कार्यक्रमलाई स्वभनीय र आकर्षक बनाएका थिए।











