काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रुपन्देही ल्याइएका पूर्व उप-प्रधान तथा गृहमन्त्रि रबि लामिछानेसँग आज तेस्रो दिन बयान सुरु भएको छ । मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रबिलाई मंगलबार र बुधबार पनि बयान लिइएको थियो । बुधबार करिब १० घण्टासम्म बयान लिँदा पनि समय अपुग भएपछि जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार पनि बयान लिन सुरु भएको हो ।
उनलाई सहकारी ठगी र संगठित अपराधकै कसुर सम्बन्धी प्रश्नहरु सोधिएका छन् । आज बयान सकिएमा कास्की पठाउने योजनामा प्रहरी रहेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मंगलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।