ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लेख के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता


लेख के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता
ADVERTISEMENT

२७ मंसिर,काठमाडौं । यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ?

पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’

जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने उदेश्यका साथ भएको हो ।

तर, आखिर पत्रकारहरुले नै आफ्नो साझा संगठनमा किन तालाबन्दी गर्छन् ? यो प्रश्नको जवाफ पत्रकार महासंघका हालसम्मका नेतृत्व र भावी नेतृत्वको आशा बोकेर चुनावी मैदानमा होमिएकाहरुले दिन सक्छन् या सक्दैनन् ? त्यो मलाई थाहा छैन ।

ADVERTISEMENT

तर, मलाई यो पक्कै थाहा छ । यस्तो किन हुन्छ ? किनकी, स्वतन्त्रताका हिमायती कृष्णप्रसाद भट्टराईसहितका अग्रजहरूले स्थापना गरेको नेपाल पत्रकार महासंघमा पछिल्लो समय ‘राजनीतिक ग्रहण’ लागेको छ ।

जसका कारण, वास्तविक श्रमजीवि पत्रकारहरुले महासंघलाई साझा संस्थाका रुपमा अंगिकार गर्न सकेका छैनन् । उनीहरुमा यस संस्थाप्रति अपनत्व बोध छैन । सायद त्यसैले होला, अझैपनि देशभर हजारौँ पत्रकारहरु महासंघमा आवद्धताका लागि खासै चासो देखाउँदैनन् ।

महासंघले हरेक महाधिवेशन अगाडी सदस्यता शुद्धिकरण र नयाँ सदस्यता वितरण गर्ने प्रचलन छ । अधिकतम् महासंघको केन्द्रिय कार्यालय देखि देशभरका विभिन्न शाखाहरुमा पटकपटक तालाबन्दी हुने यही समयमा हो । किनकी यस समयमा कतिपय ठाउँमा क्रियाशिल र श्रमजीवि पत्रकारहरु महासंघले तोकेको योग्यता, क्षमता र मापदण्ड पूरा गर्दागर्दै पनि सदस्यता पाउँदैनन् । अनि, कहिँकतै पत्रकारिता क्रियाशिल रहेपनि राजनीतिक रंगभेदका कारण सदस्यता शुद्धिकरणका नाममा महासंघका नेतृत्वको चलखेलमा हटाइन्छ । यति मात्रै हैन्, कहिँकतै त पत्रकारिता नै नगर्ने राजनीतिक दलका नेता कार्यकर्तालाई समेत महासंघको सदस्यता दिइन्छ । र, नेतृत्वमा पु¥याइन्छ ।

विशेषतः पत्रकार महासंघको कार्यालयमा तालाबन्दी यि यस्तै कारण हुने गर्छ । महासंघको विधान र तोकिएको मापदण्ड अनुसार योग्यता, क्षमता भएका सबै योग्य पत्रकारहरुलाई सदस्यता दिने र मापदण्ड नपुगेका र विद्यान विपरित गतिबिधी गर्ने जो कोहीलाई संगठनमा स्थान नदिने भने सायदै तालाबन्दी हुदैनथ्यो !

अर्काे कुरा, पत्रकार महासंघको नेतृत्व गर्नेहरु साझा र स्वतन्त्र बन्न नसक्दा पनि ऐतिहासिक महासंघको गौरवमय साख गुम्दै गएको छ । पछिल्लो समय महासंघको निर्वाचनमा दल निकट पत्रकार संगठनहरुले गठबन्धन गर्दै भागबन्डाका आधारमा देशभर प्यानल बनाएर उम्मेदवारी दिने गरेका छन् । त्यसमा पनि देशमा जुनजुन दलहरु सत्तासाझेदार छन्, तीनै दलनिकटका पत्रकार संगठनले गठबन्धन गर्ने प्रचलन छ ।

यसरी चुनावी प्रक्रियामा जाँदा वास्तविक श्रमजिवी पत्रकारहरुको हकहितका पक्षमा काम गर्नसक्ने पत्रकार नेतृत्वमा नपुग्न पनि सक्छन् । या सही व्यक्ति नेतृत्वमा पुगे पनि श्रमजिवीको हकतिकका निम्ती भन्दा आफ्नो दलीय पत्रकार संगठन र आफुलाई नेतृत्वमा पु¥याउन सहयोग गर्ने संगठन र तीनका नेतृत्वका हित र एजेण्डालाई केन्द्रबिन्दुमा राखेर काम गर्छन् भन्दा अतियुक्ति नहोला !
त्यसो त निर्वाचनमा भोट माग्दा आफु सम्पूर्ण पत्रकारहरुको हकहितका निम्ती निष्पक्ष हुँदै काम गर्ने भन्दै भाषण नगर्ने गरेका हैनन् । तर, हात्तिका दुईवटा दाँत भने जस्तै हो । उनीहरु भन्छन् एकथरी अनि गर्छन् अर्काेथरी । यो मेरो आरोप हैन्, तमाम श्रमजीवि पत्रकारहरु यस्तै भन्छन् ।

नभनुन् पनि कसरी ? चुनाव जितेपछि पत्रकारको नयाँ नेतृत्वले आफूसम्बद्ध पार्टीका शीर्ष नेताका घर देखि पार्टी कार्यालय जितको आशीर्वाद थाप्न दौडधुप गर्छन् । उनीहरुको यो प्रक्रिया चुनाव जितेपछि मात्रै सुरु हुने भने हैन् । चुनावमा उठ्नका निम्ती टिकट पाउनेदेखि नै सुरु हुन्छ । पार्टीका नेताको हालगोडा मोलेरै भएपनि पत्रकार महासंघको नेतृत्वमा जो पुग्छ । उसैले भविष्यमा सरकारी ओहदाको महत्वपूर्ण नियुक्ति हात पार्छ । विगतदेखि नै यही हुँदैछ र सायद भविष्यमा पनि दोहोरिने छ ।

समस्या को नेता बन्यो भन्ने कुराको हैन् । कस्ले कहाँ नियुक्ति पाउछ भन्ने चिन्ता पनि हैन् । सम्पूर्ण पत्रकारहरुका हक अधिकारका निम्ती, समग्र पत्रकारिता जगतको साख बढाउनका निम्ती, विधि, विद्यान र पद्धतीका आधारमा निस्वार्थ भावले काम गर्ने चाहाना बोकेकाहरु नेतृत्वमा पुग्दैनन् कि भन्ने चिन्ता हो । आगामी दिनमा पुनः साझा संस्था मानिने महासंघको कार्यालयमा तालाबन्दी नहोस् भन्ने शुभेच्छा हो । आज आफैले मतदान गरेर जिताएको नेतृत्वका बिरुद्धमा निकट भविष्यमा आफैले पछुत्ताएर नारावाजी गर्ने अबस्था नआओस् भन्ने चिन्ता हो । अनि,जसको मत पाएर नेतृत्वमा पुगियो उनीहरुकै बिरोधपछि राजिनामा दिएर भाग्नुपर्ने विपुल पोखरेलको जस्तो नियती नदोरिओस् भन्ने पिर हो ।

मैले यति लेख्दै गर्दा आफ्नै आङ कन्याएर छारो उडाएको जस्तो हुनसक्छ । तर, अब छारो उडाएर मात्रै सुख छैन । नेपाली पत्रकारिता र पत्रकार महासंघ माथि लागेको ‘राजनीतिक ग्रहण’ हटाउँदै को गिर्दाे ‘साख’ जोगाउन अत्यावश्यक छ । त्यसका निम्ती पत्रकार र पत्रकारिता माथि थुप्रिएको फोहोरलाई जतिसक्दो छिटो पखाल्नुपर्छ । नत्र यसले दुर्गन्ध फैलाउँदै जाने पक्का छ ।

सात दशक भन्दाअघि स्थापित पत्रकार महासंघमा आगामी मंसिर २८ गतेको चुनावबाट २४औँ नेतृत्व चयन हुँदैछन् । यसपटक पनि विभिन्न दलनिकट पत्रकार संगठनहरु गठबन्धन गरेर चुनावी मैदानमा छन । गठबन्धन गरेर चुनाव हुँदैमा अयोग्यहरु नेतृत्वमा पुग्छन् भन्ने आशय मेरो होइन । को योग्य र को अयोग्य त्यो निर्वाचनपछि उस्को कार्यकालमा देखिएला । तर, महासंघको नेतृत्वमा श्रमजीविका निम्ती काम गर्ने, निष्पक्ष र पारदर्शी, प्रेस स्वतन्त्रता र सुरक्षा सुनिश्चितताका निम्ती काम गर्न सक्ने व्यक्ति आउन भन्ने चाहाना हो ।

नेपालमा अझैपनि पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रता खतरामा छ । रिपोर्टिङका क्रममा पत्रकारहरूले शारीरिक, मानसिक, र कानूनी दबाबको सामना गरिरहेका थुप्रै दृष्टान्तहरु छन् । प्रेसमाथि सरकारी नियन्त्रण, अनौपचारिक अडानहरू, र भ्रष्टाचारका कारण स्वतन्त्र पत्रकारिता प्रभावकारी  र जनमुखी बन्न सकेको छैन । जसका कारण पछिल्लो समय आम सन्चार माध्ययम प्रति पाठकहरुको विश्वास कम हुँदै गएको छ ।

नेपालमा स्वच्छ पत्रकारिता मात्रै गर्ने अधिकांश पत्रकारहरू आर्थिक रूपले असुरक्षित छन् । अझैपनि दैनिक पत्रिका, रेडियो र टेलिभिजन मिडियामा काम गर्ने कतिपय पत्रकारहरूले न्यूनतम पारिश्रमिक समेत पाउन सकेका छैनन् । पाएपनि समयमै नपाउँदा विभिन्न समस्या झेल्नुपर्ने बाध्यता छ । मिडियाको व्यावसायिकतामा सुधार ल्याउन चुनौतीपूर्ण छ ।

डिजिटल मिडियाको आगमनसँगै सम्भावना र चुनौतीहरु थपिँदैछ । अनलाइन मिडिया तथा डिजिटल पत्रकारितालाई मर्यादित तथा ब्यवस्थित बनाउन जरुरी देखिन्छ । सरोकारवाला निकायसँगको समन्वयमा विभिन्न निती, ऐन, कानुन तथा कार्यक्रमहरु ल्याएर पत्रकारहरूको पेशागत स्तरलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता छ । पत्रकार महासंघले पत्रकारहरूको पेशागत कौशल र ज्ञानको विकासका लागि बिरालो बाँधेर श्राद्ध गरेजस्तो नभई प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने देखिन्छ । जसका कारण,पत्रकारहरुलाई पेशागत हिसाबले स्थिरता र समृद्धिको महशुस    होस् ।

अन्ततः राज्यको चौथो अंगका रुपमा स्थापित नेपाल पत्रकार महासंघको नेतृत्वमा आन्तरिक विवाद र विभाजनका कारण संगठनको कार्यक्षमता र प्रभावकारिता घटेको छ । विभिन्न समूहहरूका बीच मतभेद र शक्ति संघर्षले संगठनको उद्देश्य र लक्ष्यलाई तुहाउँछ । यस्तो अवस्थाले पत्रकार महासंघको प्रभाव र प्रतिष्ठामा नकारात्मक असर पर्नु स्वभाविक होे । जसले सदस्यहरूको महासंघ प्रतिको विश्वास कमि हुन्छ । सँगै पत्रकारितामा नवप्रवेशीहरुलाई संगठन प्रतिको आकर्षण घट्छ ।

ADVERTISEMENT
ADVERTISEMENT

त्यसैले नयाँ नेतृत्वले पेशागत सुधारका लागि नयाँ दृष्टिकोण ल्याउनुपर्छ । पत्रकारिता पेशामा व्यावसायिकता, पारदर्शिता, र समृद्धिको नयाँ युगको सुरुवात गर्नुपर्नेछ । जसमा मुख्य कुरा भनेको पत्रकारहरूको सुरक्षाको सुनिश्चितता, पारिश्रमिकमा सुधार र प्रेस स्वतन्त्रताको रक्षाका लागि आवश्यक  ऐन, कानुन बनाएर त्यसको प्रभावकारी कार्वान्वयन गर्नु हो । पत्रकार महासंघका भावी नेताहरूले संगठनको आन्तरिक एकतासहित डिजिटल मिडिया र पत्रकारिताका नयाँ प्रविधिहरूसँग तालमेल मिलाउँदै संगठनलाई अझ प्रभावकारी बनाउनु पर्छ ।

अतः आसन्न निर्वाचनमा सबै पत्रकारहरुले हाम्रो हैन्, महासंघका निम्ती राम्रो व्यक्ति पहिचान गरौँ । हाम्रा लागि काम गर्नसक्ने अब्बल पत्रकारलाई मतदान गरौँ । र, पत्रकारिता र पत्रकार महासंघको गिर्दाे ‘साख’ जोगाउँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली#वर्तमान अवस्था@असमानता@चिकित्सकीय चुनौती

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणाली#वर्तमान अवस्था@असमानता@चिकित्सकीय चुनौती

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host