१२ पुष, काठमाडौं । आज पुष १२ गते शुक्रबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको(NRN) वार्षिक साधारण सभा आम्रापाली ब्यांकेट, थिरबम सडक, काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुदैछ । यस कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने प्रस्ताव पनि साधारण सभामा पेश गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते नै बुक क्लोज गरिसकेको थियो भने , मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्ने भएका हन् ।











