ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

आरजेडएम ब्रान्डका १४ र १६ सिटर ईभी भ्यान नेपालमा


आरजेडएम ब्रान्डका १४ र १६ सिटर ईभी भ्यान नेपालमा
ADVERTISEMENT
ADVERTISEMENT

 

८ फागुन ,काठमाडौं । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १४ र १६ सिटर ईभी भ्यान भिक्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुत्त रुपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्र्याएका हुन् । एक कार्यक्रमका बिच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेश कुमार राठी र शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले सहकार्यको घोषणा गरे ।

सो अवसरमा आरजेएम अटो नेपालका सीईओ मनोज खतिवडाले आरजेडएम ब्रान्ड नेपाल भित्र्याउनुका कारण र यसका फिचरका वारेमा चर्चा गरेका थिए भने नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोज बिक्रम शाहले नेसनल मोटर्स र एसएमएल इसुजुको इतिहास तथा हालको अवस्था वारेमा बोल्दै नयाँ आरजेडएम ब्रान्ड थप गरिएको वारेमा चर्चा गरे । सो अवसरमा नयाँ ग्राहकलाई गाडीको साँचो समेत हस्तान्तरण गरिएको थियो ।

ईफाइभ (ई४) सिरिजको १४ सिटर ईभी भ्यानमा ४३.४८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा २४० किलोमिटरको रेन्ज दिने प्रमाणित भएको छ । समतल सडकमा भने यसले ३०० किलोमिटर भन्दा बढी रेन्ज दिएको पाइन्छ । डब्लुएलटीपी अनुसार यसको रेन्ज ३०० किलोमिटर छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । यसको पिक पावर १०० किलोवाट र रेटेड पावर ४० किलोवाट छ भने ३०० एनएमको टर्क छ ।

ADVERTISEMENT

त्यसैगरी १६ सिटर आरफाइभ (आर४) मोडलमा अझै फराकिलो बडी सहितको संरचना छ । यसमा ७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३६६ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने दावी गरिएको छ । यसमा १२० किलोवाटको पिक पावर दिने मोटर भएकाले उकाली ओरालीमा सहजताका साथ जान्छ । यसको रेटेड पावर ६० किलोवाट छ भने टर्क ३४० एनएम छ ।

नयाँ प्रविधि अनुसार ६० किलोवाटको चार्जर प्रयोग गरी यी गाडीलाई ५४ मिनेटमै चार्ज गर्न सकिन्छ । पोखरा देखि काठमाडौं सम्म गरिएको परीक्षणमा यसले फुल चार्ज गर्दा ४१ प्रतिशत चार्ज बाकी भएकै अवस्थामा पोखरा पुगेको कम्पनीले बताएको छ । १८० एमएम भन्दा धेरै ग्राउन्ड क्लियरेन्स सहितका विशेषता भएको यो ईभी भ्यान लक्जरियस समेत भएकाले लामो यात्राका लागि उपयोगी हुन्छ ।

नेपाली सडकमा पहिले नै परीक्षण र सुधार गरेर उत्कृष्टता दिने प्रयास गरिएको कम्पनीको भनाइ छ । यी गाडीका सिट लेआउट र अन्य संरचना समेत नेपाली सडक सुहाउदो बनाइएको छ ।

हाल जेड५, आर५, आर४, आर६ र के सिरिजमा विशेष गरी बिजनेस, टुरिजम, प्यासेन्जर ट्रान्सपोर्ट र स्पेसल भेइकल मार्केटका लागि उपयुक्त सवारी साधन कम्पनीले उत्पादन गरिरहेको छ ।

ADVERTISEMENT

चीनको जियाङसुमा अवस्थित दुई प्लान्टमार्फत विश्वका २३ देशमा आरजेडएम ब्रान्डका सवारी साधन बिक्री–वितरण भइरहेका छन् । यसैगरी ४ देशमा एसेम्बली र सीकेडी प्लान्ट रहेको छ । शाङच आरजेडएम अटो सन् २०१६ मा चीनको स्टक एक्सचेन्जमा सूचीकृत भएको शतप्रतिशत सरकारी स्वामित्वको कम्पनी हो । यसका कारण पनि कम्पनीको भविष्यमा कुनै शंका गर्नुपर्ने अवस्था नभएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा करिव ३८ वर्ष पहिले सन् १९८७ देखि तत्कालीन स्वराज माज्दा ब्रान्डका सवारी साधनमार्फत अटोमोबाइल व्यवसायमा प्रवेश गरेको नेसनल मोटर्सले हाल एसएमएल इसुजुका कमर्सियल सवारी साधन र अन्य अटोमोबाइल सम्बद्ध सामग्री बिक्री–वितरण गरिरहेको छ । स्कुल, कर्पोरेट क्षेत्र र फ्लिट ग्रुपहरुमा हाल यो ग्रुपले हजारौ सवारी साधन बिक्री गरिसकेको छ । हाल नेसनल मोटर्सका नेपालभर १२ भन्दा धेरै स्थानमा सर्भिस नेटवर्क उपलब्ध छ । अब आरजेडएमका लागि सर्भिस तालिम उपलब्ध गराउने र पार्ट्स ल्याउने कार्य समेत अगाडि बढेकोले ग्राहकहरुलाई बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि कुनै समस्या नहुने दावी गरिएको छ । ई४ को मूल्य ४५ लाख २४ हजार रुपैयाँ तोकिएको छ भने आर४ को मूल्य ७३ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक आज बस्दै

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

सरकारले ट्रेड युनियन खारेज गरे हामी चुपचाप लागेर बस्दैनौं _पुण्यप्रसाद ढकाल

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

नेपाल टेलिकमद्वारा दुर्गम क्षेत्रमा सेवा विस्तार स्याटेलाइट प्रविधिबाट मोबाइल र इन्टरनेट पहुँच बढ्यो

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक ३९ अर्बभन्दा बढी कर्जा प्रवाह

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

दिगो पूर्वाधार विकासमा जोड ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन

दिगो पूर्वाधार विकासमा जोड ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host