ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाल नागरिक उडड्यन प्राधिकरणको युनियनको निर्वाचनमा कुटनीतिक घम्साघम्सी


नेपाल नागरिक उडड्यन प्राधिकरणको युनियनको निर्वाचनमा कुटनीतिक घम्साघम्सी
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

८ फागुन ,काठमाडौं । प्रेस विज्ञप्ति अनुसारको समाचार सम्प्रेषण गरीदा,मुलभुत सार यस्तो छ-: नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको निर्वाचनमा ‘कुटनीतिक घम्साघम्सी’ भइरहेको छ । निर्वाचनको अन्तिम दिन आज प्राधिकरणमा त्यस्तै देखिएको स्रोतले जानकारी दिएको छ । नेपालगञ्जमा नियमित हुन लागेको उद्दार तथा अग्नि निवारण अभ्यासको लागि काठमाडौंबाट जान लागेको लोकतान्त्रिक कर्मचारी संघ निकटका दुईजना प्रभावशाली कर्मचारीको बोर्डिङ्ग पास लिइरहेको अवस्थामा रोकिएका छन् । ती दुई कर्मचारीले नेपालगञ्जको निर्वाचन प्रभावित पार्न सक्ने आशंकाले उनीहरुको प्रस्थानमा ‘ब्रेक’ लागेको सो स्रोतले दाबी गरेको छ । नेपालगञ्ज जान लागेको समयमै ‘माथिबाटै’ प्रतिस्पर्धी कर्मचारी संगठनले रोक्न लगाएको आशंका स्रोतले गरेको छ । ‘निषेध पनि चल्न थालेको निर्वाचन रोचक पनि बनिरहेको छ ।’ काठमाडौं बाट नेपालगञ्ज जाने तयारीमा रहेका कर्मचारी रोकिएको विषयलाई संकेत गर्दै प्राधिकरण उच्च स्रोतले भन्यो ‘आज एउटा राम्रै ‘कुटनीतिक घम्साघम्सी’ भयो ।’

उक्त निर्वाचनमा पाच वटा कर्मचारी संघ सङ्गठनहरु प्रतिस्पर्धामा रहेका छन् । उक्त सङ्घठनहरु मध्य तीन संगठनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
निर्वाचनमा विभिन्न राजनीतिक दलमा आबद्ध कर्मचारीका छाता संगठनहरु चुनाबी मैदानमा उत्रिएका छन् । जसमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघ, नेकपा एमाले निकट कर्मचारी संगठन, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन् । त्यसैगरी मधेश तराई कर्मचारी युनियन, कर्मचारी एकता मञ्च नामका मधेश केन्द्रीत दल निकट कर्मचारीहरु संगठनहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक कर्मचारी संघको नेतृत्व गणेशप्रसाद भुसालले गरिरहेका छन् भने कर्मचारी संगठनको नेतृत्व मीनप्रसाद खनाल र राष्ट्रिय कर्मचारी संगठनको नेतृत्व सुवास कोइरालाले गरेका छन् । त्यसैगरी मधेश तराई कर्मचारी युनियनको नेतृत्व अनिल गुप्ताले र कर्मचारी एकता मञ्चको तर्फबाट रतन दासले नेतृत्व गरिरहेका छन् । देशभर रहेका ७ तह मुनिका ६१३ मतदाताले मतदान गर्ने भएका छन् । यसैबीच लुम्लिङटार, लुक्ला र जोमसोम गरी तीन ठाउँमा आजै निर्वाचन सम्पन्न भएको छ । जसमा लोकतान्त्रिक कर्मचारी संघ अगाडि रहेको लुम्लिङटारका एक मतदाताले बताए । प्रतिस्पर्धी संगठन -:

ADVERTISEMENT

नेपाल सरकारको श्रम तथा रोजगार कार्यालयले निर्वाचन गराउने उक्त निर्वाचन देशभरका सबैजसो मतदाताले निर्वाचनमा मतदान गर्ने विश्वास लिइएको छ । यस निर्वाचनमा कर्मचारी संगठनबीच मात्रै निर्वाचन हुने हुँदा जुन संगठनले जिते पनि सोहि संगठनको प्यानल नै आधिकारिक हुनेछ । संस्थागत विकास, पेशागत र कर्मचारीको हकहितका सवालका विषयमा सबै कर्मचारी संगठनले आ–आफ्ना चुनावी एजेण्डालाई अघि सारेपनि चुनावी परिणाम निर्वाचन अघि नै लगभग पक्कापक्की जस्तै रहेको कर्मचारीबृतमा कुराकानी भइरहेको छ । विभिन्न विमानस्थलहरूमा गरिएको मतदातासँगको साक्षात्कारमा कुल मतदाताको ४० प्रतिशत मतदाता लोकतान्त्रिक कर्मचारी संघलाई नै मत दिने बताउँछन्।

मतादाताहरूले लोकतान्त्रिक कर्मचारी संघकै नेतृत्वमा अदालती प्रक्रियामा गएको विषयलाई किनारा लगाएर आम कर्मचारीलाई बोनस खुवाउन सफल भएको कारण पनि मतदाताहरू सकरात्मक रहेको पाइयो । चुनौतिपूर्ण यो विषयलाई सबै कर्मचारीहरुले यसको नेतृत्व गर्ने लोकतान्त्रिक कर्मचारी संघका तत्कालिन अध्यक्षप्रति आभार व्यक्त गरेका थिए । त्यस्तै राष्ट्रिय सभाबाट समेत पास भइसकेको प्राधिकरण टुक्राउने विद्येयक रोक्ने कार्य, संस्थागत विकास तथा पेशागत हकहित र कर्मचारीको बृतिविकास जस्ता सवालमा व्यवस्थापनसँग कुनै प्रकारका संझौता नगरी पटक–पटक जोडदार माग उठाउँदै आएकाले पनि लोकतान्त्रिक कर्मचारी अलिक बढी लोकप्रिय रहेको मतदाताको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

युवाको ऊर्जा र संगठनको बलमा कांग्रेसलाई जिताउने अभियानमा छौँ बिजेन रञ्जित

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

सिन्धुपाल्चोक २ मा युवराज दुलालकाे घरदैलो तीव्र विपद्मा गरेको कामको उच्च मूल्यांकन

गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्‍घाटन

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

मन्त्री हुँदा र नहुँदा पनि कसैलाई विभेदको नजरले हेरिनँ त्यो पनि मेरो मत माग्ने आधार हो नेकपा उम्मेदवार विशाल खड्का

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनताको गुनासो सुन्दै र डायरीमा टिप्दै काठमाडौं ३ का एमाले उम्मेदवार रामेश्वर फुँयाल

जनप्रतिनिधिबाट जनविमुख संसद

डिजिटल धुवाँ र लोकतन्त्रको भविष्यमा राजनीतिक चेतना सहितकाे सुशासनको खोजी

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host