ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल काठमाडौंदेखि धनकुटासम्म


इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल काठमाडौंदेखि धनकुटासम्म
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
२१ फागुन ,काठमाडौं । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा फागुन १७ गतेदेखि सुरु भएको इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । “शान्तिको लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण“ मूल नारा रहेको फेस्टिभलमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरू सहभागी भईरहेका छन् ।

महोत्सवको पहिलो दिन हङकङका मोक चि यु द्वारा निर्देशित ‘विभिङ फ्रीडोम’, भारतका नाट्य चेतनाद्वारा प्रस्तुत नाटक ‘देवी’ र दक्षिण कोरियाका नामोदाक मोवेमेन्टको नाटक ‘मिटिङ’ प्रदर्शन भएको थियो । दोस्रो दिन ४ नाटक प्रदर्शन भएका थिए । नेपालको तर्फबाट सर्वनाम थिएटरको प्रस्तुतिमा अशेष मल्लद्वारा निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’, राज शाहको नाटक ‘मनोक्रान्ति’, फिलिपिनी नाटक ‘अरीमोमाँगा’ र थाईल्याण्डको नाटक ‘डिसेप्सन अफ द डेमन’ प्रदर्शन भएको थियो । तेस्रो दिन बंगलादेशको नाटक ‘तुम्बा एण्ड द नेईवर’, सिंगापुरको ‘सिक्स माइक्रो लेक्चरस् अन् जेनोसाइड’ र चीनको ग्रास स्टेज थिएटरको ‘बियोन्ड होप एण्ड डिस्पेअर’ प्रदर्शन गरिएको थियो । चौथो दिन हङकङको नाटक ‘तु दु, जापानी नाटककार इन्डी लीको ‘इट वोन्ट बी लङ नाउ’ र नतसुको किरितानीको ‘द ट्रान्स – बोर्डर’ मञ्चन भएको थियो । अन्तिम दिन ‘फरेवेल लेट अस गो टु साउथ’ र फ्रान्सेली निर्देशक म्याक्सिम सिसडद्वारा ‘अ लिटल बर्ड इन द केज’ नाटक प्रदर्शन हुनेछ ।

महोत्सवमा नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा नाट्यप्रशिक्षण तथा कार्यशालाहरु पनि सञ्चालन भईरहेका छन् । पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समुहद्वारा कार्यशालाहरु सञ्चालन भएको थियो । तेस्रो दिन दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताईवानी थिएटरहरु असाइनमेन्ट र स्पेश थिएटर तथा चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला रहेको थियो । अन्तिम दिन सिङ्गापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समुह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समुहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गर्नेछन् । सबै कार्यशालाको समयावधि ३ घण्टाको रहेको छ । यो महोत्सवलाई जनमानसमा पुर्याउने हेतुले मार्च ७ देखि ९ सम्म इटहरीको मेट्रिक्समा र १० मा धनकुटामा समेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमण समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली चलचित्र जगतमा गौथलीले दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक साहु बा ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

चलचित्र बा एक योद्धा

चलचित्र बा एक योद्धा

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कान्छो प्रधानमन्त्रीको देश

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host