ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक


चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक
ADVERTISEMENT

१ चैत, काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो । कसैले कान फुट्नेगरी हानेपछि आफू बलियो बन्न विपीनले गरेको एक्सरसाइजसँगै टिजर सुरु हुन्छ । त्यसपछि उनी एक्सनमा उत्रिन्छन् । भन्छन्, जे जान्छ, त्यो घुमेर आउँछ । टिजरमा टक्कर लिने विपीन कार्कीको फुलअन एक्सन देखाइएको छ । ‘कर्माको खेले हो यो सबै, …न कोही जोगियो न कोही जोगिन्छ। यो संवादले जसरी दर्शकको ध्यान खिच्छ, त्यस्तै एक्सन छ । टिजरले चलचित्रको कथा लुकाएको छ । तर, एक्सन खुलेर देखाएको छ । बाइक स्टन्टले दर्शकको ध्यान खिच्छ ।

टिजरमा विपीनको एक्सनसँगै उनको भावनात्मक पक्ष पनि देखाइएको छ । उनी परिवारकै लागि एक्सनमा उत्रिएको संकेत टिजरमा छ । टिजरमा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेतलगायतलाई देख्न सकिन्छ । विपिन र उपासनाको यो पहिलो सहकार्य हो । यस्तै यो सिनेमामा सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लागायतको पनि अभिनय रहेको छ । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् ।

ADVERTISEMENT
ADVERTISEMENT

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो । ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
केही समयअघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएसँगै ओभरसिज माकेर्टमा पनि दर्शकमा ‘कर्मा’प्रति चासो रहेको सेभेन सिज सिनेमाले बताएको छ ।

यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्यगग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।
निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कान्छो प्रधानमन्त्रीको देश

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कविता ‘घण्टी’

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

केकी र सुलक्षणले घोषणा गरे पेट्रोल पम्प

केकी र सुलक्षणले घोषणा गरे पेट्रोल पम्प

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host