ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्


उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्
ADVERTISEMENT
ADVERTISEMENT

अप्सरा गौतम

काठमाडौं । कुनै व्यापार वा व्यवसाय सुरु गर्नु उद्यमशीलता गर्नु हो । उद्यमीले गर्ने काम र आफैले चाल्ने कदम नै उद्यमशीलता हो । नयाँ उद्यम व्यवसायको सुरुवात गर्ने तथा सञ्चालन गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ । उद्यमी हुनु भनेको आफ्नो मालिक आफैँ हुनु हो । देशको आर्थिक तथा राजनीतिक प्रणाली जे सुकै होस् । तर आर्थिक विकासको लागि उद्यमी एकदमै आवश्यक छ, समाजवादी राज्यमा राज्य आफैं उद्यमकर्ता हुन्छ ।नेपालजस्तो अल्पविकसित देशहरूमा यही स्थिति रहन्छ, किनभने यस्ता देशमा पनि निजी उद्यमकर्ताले जोखिम उठाउन संकोच गर्दछन् । जोखिम लिन संकोच मान्दछन् । जुन नयाँ उद्योगसँग सम्बन्ध रहन्छ । उद्यमी शब्दको मूल अर्थ नयाँ वस्तुहरू, नयाँ प्रविधि तथा पूर्तिको लागि स्रोतलाई सफलतापूर्वक प्रचलित गरेर सुअवसर बनाउने योग्यता राख्ने हो । जसले आवश्यक संयन्त्र तथा साधन, प्रविधि र श्रमशक्तिलाई एक ठाउँमा ल्याउँछ र जसले संगठित गरेर कारोबार चलाउने समेत क्षमता राख्दछ ।

आजभोली युवा उद्यमीले युवालाई विदेशिनबाट रोक्न राज्यले उद्यम विकासमा जोड दिन थालेको छ । आत्मनिर्भर र समृद्ध मुलुकका लागि उद्यमी र उद्यमशीलता अत्यावश्यक हुन्छ । जुनसुकै उमेर समूह, लिंग वा समुदायबाट हुने उद्यमले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका हुन्छन् । यसर्थ, युवा उद्यमी र उद्यमशीलता अत्यन्त महत्वपूर्ण छ । सरकारले अध्यादेश मार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमका आधारमा उद्यमशीलता र निजी लगानी प्रवद्र्धन गर्ने घोषणा समेत गरेको छ । युवा उद्यमीले युवालाई विदेशिनबाट रोक्न राज्यले उद्यम विकासमा जोड दिन थालेका छन् ।

चुनौतीहरू
राज्यले बनाएको नीति पूर्ण कार्यान्वयन नभएको कारणले नेपालमा साना लगानीमा उद्यम गर्न चुनौती पनि छ । राज्यबाटै दिनुपर्ने सुविधा नपाउँदा नै उद्यममा लाग्न युवालाई चुनौती छ,’ युवा उद्यमशीलतामा पनि थुप्रै चुनौती देखिन्छन् । युवा उद्यमशीलताको सबैभन्दा ठुलो चुनौती वित्तीय पहुँच हो । बैंक तथा वित्तीय संस्थाबाट ऋण प्राप्त गर्न कठिनाइ छ । नेपालमा परियोजनाको आधारमा कर्जा लगानी गर्ने प्रावधान छैन । धितो नराखी कर्जा नदिने प्रवृत्तिका कारण युवा उद्यमी तथा उद्यमशीलतामा जोडिन चाहने युवाहरू वित्तीय पहुँचबाहिर छन् । औद्योगिक उत्पादनमा गुणस्तरीयता कायम गर्नु, औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति चौबीसै घण्टा हुने अवस्था सिर्जना गर्नु, श्रम नीति उद्योगमैत्री बनाउनु, औद्योगिक क्षेत्रमा पूर्वाधारको विकास बढाउँदै जानु, सञ्चालित उद्योगलाई उत्पादन तथा उत्पादकत्वको दृष्टिले प्रतिस्पर्धी बनाउनु, मौजुदा उद्योगलाई रूग्ण हुनबाट जोगाउनु, रूग्ण उद्योगलाई पुनस्र्थापना गर्नु, नयाँ प्रविधिको प्रयोग गर्नु, औद्योगिक नीतिका प्रावधानलाई आर्थिक ऐनले सम्बोधन गर्नु र विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणले सृजना गर्दै ल्याएको प्रतिस्पर्धात्मक वातावरणको सामना गर्नु, नेपालमा युवालाई पर्याप्त सीप र ज्ञानको उपलब्धता नहुनु, कुनै पनि उद्यम–व्यवसाय सञ्चालन र व्यवस्थापनका लागि आवश्यक सीप र तालिमको अभाव हुनु ।

उद्यम व्यवसाय सुरु गरिहाले पनि सीप र ज्ञान नहुँदा त्यसले गति लिन नसकि बीचमै छाड्नुपर्ने समस्या पनि छन् । त्यस्तै, युवामा स्वाभाविक रूपमा अनुभवको कमी हुन्छ । त्यसैले उनीहरूलाई मार्गदर्शन र परामर्शको आवश्यकता पर्छ । धेरैजसो युवा उद्यमीले उचित मार्गदर्शन र परामर्श प्राप्त गर्न सकिरहेका छैनन् । युवा उद्यमशीलताका लागि नीतिमा पनि समस्या छ । नेपाल सरकारले युवालक्षित थुप्रै कार्यक्रम सञ्चालन गरेको छ । ती पर्याप्त छैनन् । जति चलेका छन् ती पनि प्रभावकारी छैनन् । बजारीकरणमा सरकार र सरोकारवालाले सघाउन सक्नुपर्छ । ‘नेपालको भौतिक पूर्वाधार कमजोर हुँदा पनि उद्यम गर्न चुनौती छँदैछ, त्यती मात्र नभै सीप भएका युवाहरु समेत उद्यमशीलतामा आकर्षित भएको पाइँदैन ।’ उद्यमशील बन्न चाहने युवाहरूले आफ्नै क्षेत्रबाट सुरु गर्नुपर्ने हुन्छ । ‘युवापुस्तालाई देशमै उद्यम गर्न प्रोत्साहन गर्नु, युवालाई विदेश पलायन हुनबाट रोक्नु राज्यको दायित्व हो । , ‘नेपालमा वर्षेनि ५ लाख देखी ७ लाख युवाले बजारमा जागिर खोज्छन् । उनीहरूलाई रोजगारी दिनु, रोजगारीको वातावरण सिर्जना गर्नु राज्यको दायित्व नै हो । उनीहरूको दक्षता अनुसारको काम सिर्जना गरेर राज्यले प्रोत्साहन गर्नुपर्छ ।’

सरकारले ल्याएको ‘स्टार्टअप कर्जा’ कार्यक्रम बल्ल कार्यन्यनमा आएको छ । ‘स्टार्टअप’ उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम सरकारले विस्तार गरेको हो । सरकारले ल्याएको ‘स्टार्टअप कर्जा’ कार्यक्रममा ‘प्रदेश तथा स्थानीय सरकार एवं निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीलाई व्यवसाय सम्वद्र्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्यशृङ्खला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र स्थापना र सञ्चालन गरिने छ,’ ‘ई–कमर्स मार्फत व्यापारको विकास गरिने छ, बौद्धिक सम्पत्तिको संरक्षण तथा नवप्रवर्तन प्रवद्र्धन गरिने छ ।’ सरकारले स्टार्टअप उद्यममा युवापुस्तालाई देशमै उद्यम गर्न प्रोत्साहन गर्नु राम्रो विषय हो ।

सरकारले उद्यमशीलता र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने सरकारको नीति अनुरुप औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८०÷८१ को लागि ६६१ वटा परियोजना छनोट गरिसकेको छ । अनलाइन र भौतिक रूपमा उपस्थित भई ५ हजार १५८ उद्यमीले कर्जाका लागि दर्ता गरेका थिए । ती प्रस्ताव मध्येबाट १ हजार ३१४ उद्यमी परियोजनाको प्रस्तुतीकरण गरेकामा ६६१ वटा छनोट भएका हुन् । उनीहरूले २५ लाख रुपैयाँ सम्म कर्जा पाउने छन् । यसले उद्यमशीलतालाई प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास सरकारको छ । यो हिसाबले युवापुस्तालाई देशमै उद्यम गर्न प्रोत्साहन दिन सरकारको योजना सफल भएको छ ।

पछिल्लो समय नेपालमा युवा उद्यमशीलता क्रमशः बढ्दै गएको देखिन्छ । स्टार्टअप उद्यम कर्जाले युवामा आशलाग्दो ज्योतिको किरण छरेको छ । हो, वैदेशिक रोजगारीका लागि विदेश जान एयरपोर्ट पुग्ने युवाको संख्या अत्यासलाग्दो देखिन्छ नै । तर, स्वदेशमै केही गरौँ भनेर यहाँ उद्यम–व्यवसाय गर्ने युवाको संख्या पनि सकारात्मक रूपमा बढ्दै गएको देखिन्छ । युवा उद्यमीलाई बजार पहुँचको पनि समस्या छ । हाम्रो बजार सीमित छ । भएकै बजारमा समेत पहँुच छैन । बजारीकरणमा सरकार र सरोकारवालाले सघाउन सक्नुपर्छ ।

ADVERTISEMENT

उद्यम सुरु गर्नुअघि ध्यान दिनुपर्ने कुराहरूः
आफूले जानेको सीप, काम वा व्यवसाय के हो ?, आफूलाई मन लागेको र गर्न सक्ने कामको लागि आवश्यक सीप, ज्ञान जान्नको लागि कुनै तालिम लिने, आफूले गर्न लागेको उद्यमको बारेमा परिवारमा सरसल्लाह गर्ने, उद्यमको लागि लाग्ने लगानी, त्यसबाट हुने आम्दानी र खर्चको अनुमानित हिसाब निकाल्ने, उद्यम सुरु गर्न आवश्यक लगानीको स्रोत यकिन गर्ने,उद्यमको परियोजना विश्लेषण गर्ने र व्यावसायिक योजना निर्माण गर्ने, तपाईले गर्ने उद्यममा के कस्ता कानुन छन्, ती सबै राम्रोसँग अध्ययन गर्नुपर्छ । व्यवहारिक तथा कार्यान्वयनमूलक योजना जन सहभागिता र जन समर्थन पनि हुनुपर्छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार पार्न दक्ष जनशक्ति उत्पादन गर्न साधनस्रोतको पनि सम्पन्न व्यवस्थित हुनुपर्छ ।

सबैभन्दा पहिला सरकार र निजी क्षेत्रले पनि स्टार्टअप र साना तथा मझौला उद्यम विकासका लागि स्पष्ट भिजन बनाउनुपर्छ । यसलाई केवल राजनीतिक स्टन्ट मात्रै बनाउनुहुँदैन । साँचो अर्थमा युवा उद्यमशीलता विकास गर्ने हो भने सरकारले एकीकृत नीतिहरू विकास गर्नुपर्छ । युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रमका लागि विभिन्न मन्त्रालय र मातहतका निकायबीच समन्वय बढाउनुपर्छ, एक–अर्काको कार्यक्रमको अपनत्व लिनुपर्छ । स्टार्टअपहरूमा लगानी गर्न वित्तीय संस्थालाई प्रोत्साहन गर्नुपर्छ । परियोजनामा आधारित कर्जा दिने व्यवस्था गरिनुपर्छ । तालिम तथा सीप विकास कार्यक्रमलाई थप व्यावहारिक र व्यवसायमुखी बनाइनुपर्छ ।

ADVERTISEMENT

बजार पहुँच सहज बनाउन डिजिटल प्लाटफर्महरू निर्माण गरिनुपर्छ । हाम्रा कतिपय नियम तथा कानुनलाई उद्यम–व्यवसायमैत्री बनाइनुपर्छ । निजी क्षेत्रले पनि लगानी गरिदिने, मार्गदर्शन तथा परामर्श दिने, साझेदारी गर्नेलगायतका कार्य गर्नुपर्छ । सरकार र निजी क्षेत्रले यसरी संयुक्त पहल गरेमा युवा उद्यमशीलताको विकास हुन सक्छ जसले देशकै अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउन योगदान गर्न सक्छ । अर्को चाहिँ समयअनुसार गतिशील बनाउन वा चलाउन सकेनौं भने पनि त्यसले गति लिन सक्दैन, त्यो टिक्दैन ।

बजारले जस्तो माग गर्छ, त्यहीअनुसार आफ्नो व्यापार र उत्पादनलाई ढाल्न सक्नुपर्छ । यस अर्थमा समग्र रूपमा उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन् । राज्यले युवाको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धानलगायत कार्य सञ्चालन गर्नु पर्ने हुन्छ । उद्यमशीलताले गरिबी न्यूनीकरण मात्र होइन, अपराध न्यूनीकरणमा समेत बल पुर्याउछ । सरकारले समेत देश विकासका लागि सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गर्नुपर्ने हुन्छ । व्यक्ति र कम्पनीलाई मात्र नभई रोजगारी सिर्जना हुनेगरी उद्यमशीलता बढाउनु आजको आवश्यक हो । सरकारले भोलिका दिनमा अरु बाकी सबै योजना कार्यान्वयनमा ल्याउँछ कि ल्याउँदैन, काम गर्न सक्छ कि सक्दैन भन्ने मुख्य कुरा हो । सरकारको विगतको अभ्यास हेर्ने हो, धेरै योजना कार्यान्वयनमा आएको देखिँदैन । तर पनि सरकारले ल्याएको ‘स्टार्टअप कर्जा’ कार्यक्रम योजना जस्तै अरु योजना सफल होस् सरकारलाई शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

राज्यको बेवास्ताले धराशायी बन्दै पत्रकारिता

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host