ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा युवा पहुँच परियोजना सञ्चालन


सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा युवा पहुँच परियोजना सञ्चालन
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं १२, असार / वीरगञ्जमा किशोर तथा युवाहरूमाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीलाई प्रवर्धन गर्न ‘युवा पहुँच परियोजना’ सक्रिय रूपमा सञ्चालनमा आएको छ । परियोजनाले युवाहरूलाई सुरक्षित यौन र प्रजनन स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । युवा संस्थाको अगुवाइमा सञ्चालन भइरहेको यो परियोजनाले विशेष गरी १५ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरी र युवाहरूलाई लक्षित गरेको जनाइएको छ । विद्यालय, कलेज र समुदायस्तरमा पुगेर परियोजनाले सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम, तथा उपलब्ध नि:शुल्क सेवाहरूको बारेमा सचेतना फैलाइरहेको संस्थाले जनाएको छ । सुरक्षित गर्भ पतनको अधिकार हरेक महिलाको मानव अधिकार भएको र युवा संस्थाको प्रयास भनेको युवालाई सही जानकारीसहित सेवा उपलब्ध गराई उनीहरूले समयमै निर्णय लिन सकून् भन्ने रहेको युवा संस्थाका वीरगंज संयोजक आसु सर्राफले बताउनुभयो ।


उहाँले भन्नुभयो, “युवाहरूलाई लक्षित सेवामा परामर्श सेवा, नि:शुल्क गर्भनिरोधक साधन वितरण, र आवश्यक परेमा सुरक्षित गर्भपतन सेवा समावेश गरिएको छ । साथै, परियोजनाले युवा मैत्री स्वास्थ्य सेवा केन्द्रहरूमा सेवा विस्तार गर्दै समुदायमा रहेको भ्रम र लाजको वातावरण तोड्ने प्रयास गरिरहेको छ ।”
परियोजनाले सुरक्षित गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको र उक्त विषयमा अहिले यहाँका किसोरीहरु खुलेर बोल्न थालेको तथा अहिले खुलस्त रुपमा जानकारी लिन थालेको परियोजनाले सुरक्षित गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको र उक्त विषयमा अहिले यहाँका किसोरीहरु खुलेर बोल्न थालेको तथा अहिले खुलस्त रुपमा जानकारी लिन थालेको वीरगंजको नारायणी अस्पतालका प्रसुति तथा स्त्री रेग विशषज्ञ डा.मञ्जु रायले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “किसोरीहरु अहिले सुरक्षित गर्भपतनका लागि सरकारी अस्पतालमा आउने गरेका छन् । युवा संस्थाले गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको छ ।”

ADVERTISEMENT

आगामी महिनाहरूमा वीरगञ्जका विभिन्न वडाहरूमा मोबाइल हेल्थ क्याम्प पनि सञ्चालन गरिने तथा स्वास्थ्यकर्मीहरूले नि:शुल्क सेवा र परामर्श दिने जनाइएको छ । नेपालमा सन् २००२ मा गर्भपतनलाई कानूनी मान्यता दिइएको भएपनि अझै पनि नेपालका धेरै महिलाहरू असुरक्षित गर्भपतन गर्न बाध्य भएको भन्दै सुरक्षित गर्भपतनका लागि युवा पहुँच परियोजना सुरु गरिएको छ । नेपालमा गर्भपतन कानूनी त भएको छ, तर सेवा सबैका लागि सहज र सुरक्षित नहुँदा तथा जानकारीको कमी, स्वास्थ्य सेवामा पहुँचको अभाव र सामाजिक दबाबका कारण आज पनि सयौँ महिलाहरू असुरक्षित तरिकाले गर्भपतन गर्न बाध्य भई असुरक्षित गर्भपतन एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याको रूपमा देखिएपछि युवाहरुको समूहले सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा युवा पहुँच परियोजना सञ्चालन गरेको हो ।

विशेषत: वीरगञ्ज जस्ता क्षेत्रहरूमा सुरक्षित सेवामा पहुँचको अभाव, सामाजिक कलंक, र जानकारीको कमीका कारण असुरक्षित गर्भपतन एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याको रूपमा देखिएका कारण आफुहरुले उक्त परियोजना सुरु गरी सुरक्षित गर्भपतनका लागि तालिम लगायतका अन्य जनचेतना मुलक कार्यक्रम सुरु गरेको युवा संस्थाका कार्यक्रम संयोजक विपना श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “युवाको नेतृत्वमा सञ्चालित संस्था युवाले वीरगंजमा सुरक्षित गर्भपतनसम्बन्धी पहुँच विस्तार गर्ने उद्देश्यले युवा पहुँच परियोजना सन् २०२१ देखि कार्यान्वयन गर्दै आएको छ ।”

हाल संस्थाले वीरगञ्ज महानगरपालिकाका प्रतिनिधिहरूसँग नियमित रूपमा छलफल र नीतिगत संवाद सञ्चालन गरिएको र जसले युवामैत्री सुरक्षित गर्भपतन सेवाको अवधारणालाई अघि बढाएको उहाँको भनाई छ । उक्त संस्थाले यहाँका ४० जना युवालाई “युवा च्याम्पियन्स” को रूपमा छनोट गरी सुरक्षित गर्भपतनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक तालिम प्रदान गरेको जनाइएको छ । यसैगरी ती च्याम्पियनमार्फत कम्तिमा पनि १ हजार ५०० भन्दा बढी स्कुल, कलेज र समुदायका युवाहरूलाई प्रत्यक्ष रूपमा सुरक्षित गर्भपतनबारे जानकारी दिइएको र ६ जना अनमी (सहायक नर्स मिडवाइफ) हरूलाई मेडिकल गर्भपतन सम्बन्धी तालिम प्रदान गरिएपछि अहिले सेवाको गुणस्तर र पहुँचमा सुधार ल्याएको युवा संस्थाले जनाएको छ ।

ADVERTISEMENT

यतिमात्र नभई ५० जना स्वास्थ्यकर्मीहरूलाई भ्याक्ट मूल्य स्पष्टीकरण र मनोवृत्ति रूपान्तरण जस्ता तालिम प्रदान गरिएकाले उनीहरूलाई सुरक्षित गर्भपतनप्रति सकारात्मक दृष्टिकोण राख्न उत्प्रेरित गरेको युवा संस्थाका कार्यकारी सदस्य खुस्बु राईले बताउनुभयो । “युवा पहुँच परियोजनाको मूल उद्देश्य भनेको युवाहरू, विशेष गरी किशोरी तथा युवा महिलाहरूलाई सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीमा पहुँच सुनिश्चित गर्नु हो,” उहाँले भन्नुभयो, “नेपालको दक्षिणी तराई क्षेत्रमा पर्ने वीरगञ्जमा यस्ता सेवाहरूमा पहुँचको अभावले गर्दा धेरै महिलाहरू असुरक्षित गर्भपतन, सामाजिक कलंक र स्वास्थ्य जोखिमको सामना गरिरहेका थिए ।” उक्त परियोजनामा १८ देखि २४ वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्वदायी भूमिकामा राखिएको संसथाले जनाएको छ । उनीहरूलाई सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, कानुनी जानकारी, र समुदायसँग कसरी संवाद गर्ने गरी प्रशिक्षित गरिएको संस्थाका कार्यक्रम संयोजक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार युवा संस्था एक युवाहरूले नै सञ्चालन गर्ने र नेतृत्व गर्ने संस्था हो । यसको औपचारिक स्थापना सन् २००९ मा भएको तर, यस संस्थाका संस्थापकहरू सन् २००५ देखि नै युवासम्बन्धी क्षेत्रमा सकृय रूपमा कार्यरत थिए ।
युवाले युवाको सशक्तिकरण र वकालतमार्फत उनीहरूको सहभागिता प्रवद्र्धन गर्ने संस्थाले लक्ष्य राख्दै आएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

सडकदेखि सदनसम्म सेवा मुस्कानसँगै मानवताको उज्यालो फैलाउँदै ॐ समाज डेण्टल अस्पताल

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

नेपाल मेडिकल कलेजमा विश्व मुख स्वास्थ्य दिवस 

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

चाबहिलमा निर्माण हुँदै नेपालको पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल

निर्वाचन आयाेगकाे चुनाव तयारीका लागि २९  वटा दलहरुसँग छलफल

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

न्यायापालिकाको गरिमा संरक्षणको लागि नेपाल मानव अधिकार संगठनको अपिल

सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार

सचिव भएर संस्थाको गरिमा बढाएका हुमागाई इक्यानको महासचिवको उम्मेदवार

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host