खानेपानीको समस्या ग्रस्थ भएका यहाँका विभिन्न वडा, गाउँ तथा टोलहरुमा निरीक्षण गर्नु हुँदै मन्त्री यादवले पछिल्लो समय जनताले भोगिरहेको खानेपानीको अभावले आफू निकै चिन्तित भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “वीरगञ्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म स्थलगत रुपमा अनुगमनमा निस्किएको छु । जनताको अत्यावश्यक आवश्यकताको रूपमा रहेको खानेपानीको समस्या समाधानमा कुनै कसर बाँकी राखिने छैन । सरकारको तर्फबाट तीव्र पहल भइरहेको छ ।”
आज मन्त्री यादव सहितको टोलीले वीरगञ्ज महानगरपालिकाका–११ का श्रीपुर, नयाँ बस्ती, रानीघाट, ओमआश्रम, वडा नं १२ का मुर्ली नएका टोला, ब्रह्मचोक, वडा नं १२ का राधेमाई, पण्डितटोल, तीजार्थटोल, मुरली गाउँ, नएको टोल, वडा नं १४ का बहुँअरी राधेमाई, पिपरा, वडा नं १५ का भिष्वा नयाँ बस्ति, लक्ष्मनुवा, वडा नं २१ का तत्वाटोल, ताजपुर, कोईरिया टोल ,परवानापूर वडा नं २४ का रामगढवा, रानीघाट, नयाँ बस्ती, बहुँवरी, वडा नं २६ को सुगौली, अटराहा, वडा नं २५ को डाईपोर्ट, सिरसिया वडा नं १७ को अलौँ, वडा नं १० को घडिहरवा, रानीघाट, वडानं ९ लगायत विभिन्न टोल र घरघरमा अनुगमन तथा निरीक्षण गर्नु भएको थियो ।
जलवायु परिर्वतनका कारण यहाँका पानीका चापाकल सुक्दै गएका र खानेपानीको चरम अभाव भएपछि मन्त्री यादव सहित नेपाल खानेपानी संस्थानका कर्मचारीको टोलीले समस्या समाधानका उपाय सहित अनुगमन तथा निरीक्षण गरेको थियो । स्थानीय तहसँग सहकार्य गर्दै यहाँको खानेपानीको समस्या समाधान गर्न आफु पूर्ण प्रतिबद्ध रहेको समेत मन्त्री यादवले विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “यो संकटको समाधानका लागि आवश्यक रणनीति, स्रोत परिचालन र दीर्घकालीन योजना निर्माणमा मेरो पहल जारी रहनेछ । विपतको समयमा सबैको साथ तथा सबैको हाथको आशा पनि राखेको छु ।”


सही जवाफ पत्रिका
काठमाडौँ, नेपाल
+9779851112187
sahijawaaph@gmail.com
info@dibaynews.com
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
