ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

चलचित्र जनै हराएको मान्छे युट्युबको ट्रेन्डिङ सूचीमा चाैंठाे


चलचित्र जनै हराएको मान्छे युट्युबको ट्रेन्डिङ सूचीमा चाैंठाे
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

५ साउन, काठमाडौं । आगामी भदौ ६ गते रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को आधिकारिक टिजरले युट्युबको ट्रेन्डिङ सूचीमा प्रवेश गर्दै चौथो स्थानमा आफूलाई स्थापित गर्न सफल भएको छ । गत मंगलबार सार्वजनिक भएको टिजरले छोटो समयमै दर्शकमाझ लोकप्रियता हासिल गर्दै चर्चा बटुलिरहेको छ । यो समाचार तयार पार्दासम्म टिजरले १३ लाख ६ हजारभन्दा बढी भ्युज र ६ हजार ५ सयभन्दा बढी लाइक्स प्राप्त गरिसकेको छ ।सार्वजनिक भएको पहिलो दिनमै १० लाख भ्युज पार गर्दै टिजरले चलचित्रप्रति दर्शकको तीव्र उत्सुकता र सकारात्मक प्रतिक्रियालाई प्रमाणित गरेको छ ।

युट्युब कमेन्टहरूमा दर्शकहरूले टिजरको प्रशंसा गर्दै विजय बरालको दमदार अभिनयको खुलेर तारिफ गरेका छन् । साथै, धेरै दर्शकहरूले चलचित्रमा उठान गरिएको कोरियाको कथालाई समसामयिक र मन छुने विषयका रूपमा लिएको देखिन्छ । हिमाल न्यौपानेद्वारा निर्देशित चलचित्रको टिजरले एक साधारण नेपाली युवाको सपना, संघर्ष र सम्बन्धहरूमा आउने उतारचढावको मार्मिक कथा प्रस्तुत गर्छ । टिजरमा मुख्य अभिनेता विजय बराललाई पुरोहित बुबाको इच्छाविपरीत कोरिया जाने सपना बोकेर सहर पसेको एक महत्त्वाकांक्षी युवाको भूमिकामा देखाइएको छ । सहरको कठिन जीवनशैली, नयाँ प्रेमको सुरुवात र गाउँमा छाडिएकी दिदीसँगको भावनात्मक द्वन्द्वले कथावस्तु गहिरो र मार्मिक रहने संकेत गर्छ ।

ADVERTISEMENT

टिजरमा विजयका साथै अभिनेत्री केकी अधिकारी र मिरुना मगरलाई पनि मुख्य भूमिकामा प्रस्तुत गरिएको छ, जसले चलचित्रमा त्रिकोणात्मक प्रेमको द्वन्द्व रहने अनुमान गर्न सकिन्छ । चलचित्रमा विजय बराल, केकी अधिकारी र मिरुना मगरका अलावा गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रमा शाहिल खानको टिजर–ट्रेलर, सुप्रिम पराजुलीको कलर, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल रहेका छन् ।‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मसले लिएको छ । ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो सफल चलचित्रपछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यो चलचित्रलाई यस वर्षको एक बहुप्रतिक्षित चलचित्रका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कान्छो प्रधानमन्त्रीको देश

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कविता ‘घण्टी’

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

चलचित्र मिरमिरेको ट्रेलर सार्वजनिक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host