ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

प्रत्येक ६ महिनाकाे अन्मातरालमा जेण्डर चेन्जको माग ब्लु डायमन्डको नेतृत्वमा राज्य र समुदायलाई लथालिङ्ग बनाउने प्रयास


प्रत्येक ६ महिनाकाे अन्मातरालमा जेण्डर चेन्जको माग ब्लु डायमन्डको नेतृत्वमा राज्य र समुदायलाई लथालिङ्ग बनाउने प्रयास
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं / संविधानमा व्यवस्था भए अनुसार पहिचानअनुसारको नागरिकता र विवाह दर्ताको अधिकार प्राप्त भएपछि केही व्यक्तिहरूले विदेशी एजेन्ट बनेर लैङ्गिक पहिचानमा विवाद सिर्जना गरिरहेका छन्, जसको नेतृत्व ब्लु डायमन्ड सोसाइटीले गरेको छ। अगाडि सारिएकी छन्, रूक्शना कपाली।दातृ निकायको सहयोग पाउने आसमा कपाली आफ्नै पहिचान ६–६ महिनामा बदल्न लागेकी छन्। उनले छुट्टै संस्था ‘क्वयेर यूथ ग्रुप’ नामक एनजिओ समेत खोलेकी छन्। आफ्नै पहिचानमा प्रस्ट हुन नसकेकी रूक्शना पुरुष जन्मेकालाई महिलाको, र महिला जन्मेकालाई पुरुषको पहिचान दिलाउने भन्दै दातृ निकायबाट अनुदान कुम्ल्याइरहेकी छन्।

नागरिकता र शैक्षिक प्रमाणपत्र परिवर्तन गराउन समेत रूक्शना लागिपरेकी छन्। जो आफ्नै पहिचानमा प्रस्ट छैनन्। गृह मन्त्रालय स्रोतका अनुसार रूक्शनाले ६–६ महिनामा जेण्डर चेन्ज गर्न पाउने व्यवस्था गर्न सरकारी निकायलाई दबाब दिइरहेकी छन्। पुरुषबाट अन्य, अन्यबाट महिला हुँदै अब उनले पुनः पुरुषको नागरिकता माग गरेकी छन्, मन्त्रालय स्रोतले बताएको छ। “६–६ महिनामा जेण्डर परिवर्तन हुन्छ, त्यसै अनुसार व्यवस्था गरिदिनु,” भन्दै रूक्शनाले सरकारी कर्मचारीलाई हैरान बनाएको स्रोतको भनाइ छ। उनको यो अभियानमा ब्लु डायमन्ड सोसाइटीको नेतृत्व समेत सहभागी हुँदा सरकारी निकाय थप अन्योलमा परेका छन्।

केही समय अघि सोसाइटीको वरिष्ठ प्राविधिक सल्लाहकारको नियुक्ति लिन उपाध्यक्षलाई अध्यक्ष दिएको नाटक गरेकी सञ्जीव गुरुङ (पिंकी) ले आफू महिला जन्मिएको भन्दै वरिष्ठ अधिकारीहरूसँग झगडा नै गरेकी थिइन्। उनले पुरुषको नाममा लिएको नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अन्यमा परिवर्तन गरेकी थिइन्। पहिला तेस्रोलिंगी पहिचानको वकालत गर्ने पिंकी अहिले “महिला हुँ” भन्दै दातृ निकाय रिझाउने अभियानमा लागेकी छन्।

रूक्शनाले पनि ललितपुर जिल्ला प्रशासन कार्यालयबाट ‘अन्य’ लैङ्गिक पहिचानमा नागरिकता लिई केही समय तेस्रोलिंगी पहिचानको वकालत गरेकी थिइन्। पछि अमेरिकी र बेलायती दूतावासले पुरुष जन्मेका महिला र महिला जन्मेका पुरुष बन्ने सेक्स चेन्जको अभियानका लागि अनुदान सहयोग गर्‍यो। सोसाइटीले त्यही एजेन्डा बोक्यो। र, हर्मोन थेरापी हुँदै लिङ्ग परिवर्तन गराउने अभियान चलायो। शिक्षण अस्पताल महाराजगन्जले सोसाइटीको सिफारिसमा विवाहित, बच्चा समेत भएका व्यक्तिको लिङ्ग परिवर्तन गर्‍यो, जुन विवादित छ।

कपाली भने लिङ्ग परिवर्तन नगरी महिलाको नागरिकता पाउनु पर्ने रिट लिएर सर्वोच्च पुगिन्। निवर्तमान प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ समेतको इजलासले जन्म दर्तासमेत परिवर्तन गर्न सकिने, अर्थात् ‘ब्रेन जेण्डर’ का आधारमा नागरिकतासहितका कागजातहरू सच्याउन परमादेश दियो।

रूक्शनाले २०८१ पुसमा ललितपुर प्रशासनबाट ‘अन्य’ को नागरिकता त्यागेर महिलाको नागरिकता लिइन्। गृह प्रशासनले आदेश कार्यान्वयन गर्‍यो।

तर अहिले पुनः उनै रूक्शनाले ६–६ महिनामा जेण्डर चेन्ज गर्न पाउनु पर्ने माग राखेर सरकारी निकायमा दबाब दिइरहेकी छन्। पुरुषको नागरिकता लिन पाउनु पर्ने माग पनि गरेकी छन् रूक्शनाले। सोही मागको नेतृत्व गरिरहेको छ-ब्लु डायमन्ड सोसाइटीले। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गृह मन्त्रालयलाई जवाफ पनि पठाइसकेको स्रोतले बताएको छ। राज्यलाई अब त्यसका लागि छुट्टै कार्यालय खोल्ने र उनीहरूलाई चलाउन दिने, “जे गर्छन् उनीहरू नै गरून्” भन्ने अवस्थासम्म पुर्‍याउन खोजिएको सरकारी शङ्का छ। “लथालिङ्ग अवस्था बनाउनु नै उनीहरूको मुख्य उद्देश्यजस्तो देखिएको,” सरकारी विश्लेषण छ।

सेक्स चेन्ज गराउने, पुरुष बनेकाले महिलाको, महिला बनेकाले पुरुष हुन पाउने दबाबले सरकारी निकाय हैरान छन्। राज्यलाई खेलौना बनाउने प्रयासमा रूक्शनालाई अगाडि सारेर सोसाइटीले “लैङ्गिक पहिचान हरेक ६–६ महिनामा परिवर्तन हुने” र त्यसै अनुसार सरकारी कागजात बन्नुपर्ने लबिङ गरिरहँदा, वर्षौँदेखि पुरुष र महिला भन्दा फरक ‘अन्य’ भित्रका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरू साँच्चिकै पीडित बनेका छन्। समावेशी प्रतिनिधित्वको अभियान चलाएका वास्तविक पीडितहरू अहिले ६–६ महिनामा जेण्डर चेन्ज हुने लथालिङ्ग अभियान चलाउनेहरूको कोपभाजनमा परिरहेका छन्। सोसाइटीको नेतृत्व यतिमा मात्र सीमित छैन,सेक्स चेन्ज गराउने र साडी लगाएर बधाई माग्न पठाउने काममा समेत लागेको आरोप लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

चोरीडकैती र गुण्डागर्दी गर्ने जसलाई पनि कारबाही गर्ने काठमाडौं ४ का उम्मेदवार मुस्कान पौडेलको प्रतिबद्धता

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host