ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

लैङ्गिक विविधतालाई मानसिक रोगको सूचीबाट हटाउन पन्तको खुला पत्र


लैङ्गिक विविधतालाई मानसिक रोगको सूचीबाट हटाउन पन्तको खुला पत्र
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । एसियाका पहिलो समलिङ्गी सांसद सुनिल बाबु पन्तले विश्व स्वास्थ्य सङ्गठन (WHO) र अमेरिकी मानसिक स्वास्थ्य सङ्घ (DSM-5 समिति) लाई खुला पत्र लेख्दै “Gender Dysphoria” वा “Gender Incongruence” लाई मानसिक रोगको सूचीबाट हटाउन माग गरेका छन्। पन्तले पत्रमा भनेका छन्, “यी परिभाषाहरू सुरुमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई स्वास्थ्य सेवा र कानुनी पहिचानमा पहुँच दिनका लागि ल्याइएका थिए भन्ने म बुझ्छु। तर अहिले यी वर्गीकरणले लैङ्गिक विविधतालाई रोगको रूपमा हेर्ने पुरातन र हानिकारक सोचलाई नै बल पुर्‍याइरहेका छन्।” उनले इतिहास सम्झाउँदै भनेका छन्, “जसरी लामो वैज्ञानिक प्रमाण, अभियान र सांस्कृतिक पुनरावलोकनपछि समलैंगिकता मानसिक रोगको सूचीबाट हटाइयो, त्यसरी नै अब लैङ्गिक विविधताको सन्दर्भमा पनि गहिरो पुनर्विचार आवश्यक छ।”

पन्तले नेपाल, एसिया, अफ्रिका, आदिवासी र मातृसत्तात्मक समाजहरूको उदाहरण दिँदै लेखेका छन्, “तीन लिङ्ग, ट्रान्स वा नन-बाइनरी पहिचानलाई त्यहाँ कहिल्यै रोगको रूपमा लिइएन, बरु सामाजिक, सांस्कृतिक र आध्यात्मिक संरचनामा सम्मानका साथ स्थान दिइएको पाइन्छ।” पत्रमा पश्चिमेली मनोविज्ञानले अपनाएको पुरुष–महिला दुई वटा मात्रै लिङ्गको सोचलाई उनले “सङ्कीर्ण र सांस्कृतिक रूपमा थोपरिएको” भन्दै आलोचना गरेका छन्। “आजका बालबालिकाहरूलाई फरक पहिचान प्रकट गर्नासाथ ‘गलत शरीरमा जन्मिएको’ भनिन्छ, जुन अवधारणा धेरै आदिवासी समाजहरूमा अस्तित्वमै थिएन,” उनले लेखेका छन्।

पन्तको ठम्याइमा यस्तो श्रेणीकरणले न केवल लैङ्गिक विविधता भएका व्यक्तिहरूमाथि कलङ्क लाग्छ  बरु उनीहरूलाई दुईमध्ये एउटै ‘स्वीकृत’ लिङ्गको बाकसमा जबरजस्ती कोच्ने काम गर्छ। उनले WHO र DSM समितिसामु चार वटा स्पष्ट माग राखेका छन्—
१. Gender Dysphoria / Gender Incongruence लाई मानसिक रोगको सूचीबाट हटाउने।
२. ट्रान्स, नन-बाइनरी र तेस्रोलिङ्गी व्यक्तिलाई सहयोग गर्ने नयाँ, गैर–रोग केन्द्रित ढाँचा विकास गर्ने।
३. लैङ्गिक विविधतामा सांस्कृतिक र आदिवासी समझदारीलाई समेटेर स्वास्थ्य नीतिमा समावेश गर्ने।
४. स्वास्थ्यकर्मीहरूलाई लैङ्गिक विविधतालाई ‘समस्या’ होइन, विविधता भनेर सम्मान गर्न आवश्यक प्रशिक्षण दिने।

उनले लेखेका छन्, “जसरी संसारले समलैंगिकतालाई रोग होइन भनेर स्वीकार गरिसकेको छ, त्यस्तै सोच अब लैङ्गिक विविधता प्रति पनि आवश्यक छ। धेरै संस्कृतिहरूमा यस्ता व्यक्ति ‘उपचार गर्नुपर्ने केस’ होइनन्, बरु समाजका पूजनीय सदस्य हुन्।” चञ्चलाको आवाज: “लैङ्गिक पहिचानलाई रोग हैन, दैवी शक्ति ठान्नुपर्छ” लिड नेपालकी कार्यकारी निर्देशक तथा ‘हाल मायाको पहिचान नेपाल’मा आबद्ध  नुमा लिम्बु(चञ्चला) ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको पहिचानमाथि भइरहेका साँघुरा दृष्टिकोणको कठोर आलोचना गरेकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत लेखेकी छिन्, “यदि हाम्रो जे पहिचान हो, त्यही पहिचानलाई स्थिर मानेर, लैङ्गिक पहिचान न…निकालेको भए, पहिचानको साँघुरो चौकोसमा यदि हामीहरूलाई नथुनिएको भए, लैङ्गिक सीमा रेखाहरूले पर्खाल हैन, पुल बनाएको भए, हाम्रो लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको जिन्दगी पनि हुन्थ्यो खुला आकाश जस्तै, जहाँ समुदायको लागि माया, सम्मान र समानताको घाम सबैका लागि उत्तिकै चम्किन्थ्यो। चञ्चलाले स्पष्ट रूपमा वर्तमान संरचना र सोचलाई चुनौती दिँदै थपेकी छिन्, “विपक्षीहरूले बनाएका साँघुरा खाँबोहरू उखालेर अब हामी आफैँ बनाउनेछौँ एउटै साझा आँगन, जहाँ न त कोही अल्प हुन्छ, न त कोही बहुल।”

उनी समावेशी जीवनको परिकल्पनामा दृढ देखिन्छिन्, “यही बाटो समावेशी जीवनको हो, जहाँ सबै स्वर गुन्जिन्छ एउटा सुन्दर गीत, ‘हामी सबैको अस्तित्व बराबरीका साथ।’ ” उनले प्रश्न उठाएकी छिन्, “हामी तेस्रोलिङ्ग (वा ट्रान्सजेन्डर वा नन–बाइनरी) व्यक्तिहरूलाई मातृसत्तात्मक संस्कृतिहरूमा विशेष वा दैवी शक्ति भएको, आशीर्वाद दिन, श्राप दिन तथा रोग निको पार्ने शक्ति राख्ने व्यक्तिका रूपमा मानिन्छ। तर अहिलेको पितृसत्तात्मक बाइनरी प्रणालीले भने हामीलाई ‘जेन्डर डिस्फोरिया’ भएको रोगी ठान्छ। तपाईँ आफ्नै बारेमा के विश्वास गर्नुहुन्छ, तपाईँ ‘दैवी’ हुनुहुन्छ कि ‘रोगी’?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकम को एसईई अफर २०८२ सार्वजनिक

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

नेपाल टेलिकमकाे ग्राहकका लागि जीएसएम पोस्टपेडमा Recurring Sajilo Unlimited Package सञ्चालनमा

नेपाल टेलिकमद्वारा PayG नियन्त्रण सुविधा र ३० दिनको नयाँ डाटा प्याक सार्वजनिक

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host