ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं/उत्तराखण्डमा हराईरहेका नेपालीहरुकाे शुचि सार्वजनिक भएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ जना नेपालीको नाम सार्वजनिक गरेको छ । उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना नेपाली बेपत्ता छन्। दूतावासले सार्वजनिक गरेको विवरणअनुसार यही साउन २१ र २२ गते ती जिल्लाहरूमा आएको बाढीपहिरोमा उनीहरू सम्पर्कविहीन भएका हुन्। दूतावासले प्रभावित नेपालीका आफन्तलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्न आग्रह समेत गरेको छ। नेपालीहरुक को उद्धार तथा खोजी कार्य भारतीय स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा भइरहेको दूतावासले जनाएको छ।शुचि-:













