ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

नेपाली चलचित्र जनै हराएको मान्छे भदौ ६ गते रिलिज


नेपाली चलचित्र जनै हराएको मान्छे भदौ ६ गते रिलिज
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदैछ । बलियो लाइनअप रहेको यो चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा विजय बराल छन् । विजय तीनै अभिनेता हुन्, जो ब्लक बस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य भूमिकामा थिए । ‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णबहादुर गन्दर्भको भूमिकामा देखिएका उनको अभिनयको चौतर्फी तारिफ भएको थियो । ‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा हालसम्मै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने चलचित्र हो । जसले नेपाल भित्र र बाहिर गरेर करिब पौने एक अर्बको ब्यापार गरेको थियो । यो ऐतिहासिक चलचित्रका तीनै मुख्य पात्र विजय बरालको अर्को चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ मा रिलिज हुँदै छ ।

‘पूर्ण बहादुरको सारङ्गी’पछि विजय मुख्य भूमिकामा रहेको चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ हो । यो चलचित्र रिलिज हुुँदा ‘पूर्ण बहादुरको सारङ्गी’का अभिनेता विजयको रापतापले काम गर्ला कि नगर्ला भन्ने धेरैमा कौतुहलता छ ।
निर्माण पक्ष यो पनि परिवारका सदस्यबीचको इमोस्नल कथा नै रहेको र गाउँले परिवशेषकै कथा भएकाले दर्शकले मन पराउनेमा निर्देशक हिमाल न्यौपाने ढुक्क छन् । गाउँलेकै कथा, गरिबीकै कथा, परिवारका सदस्यसँगकै इमोस्नल सम्बन्ध र उही अनुभवी पात्र भएकाले विजयको अघिल्लो चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’लाई जस्तै दर्शकले मन पराउने अभिनेता विजय बरालको विश्वास छ ।

ADVERTISEMENT

हिमाल न्यौपानेले निर्देशन गरेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ चलचित्रको असोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।
राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन् । चलचित्रमा विजयसँगै मिरुना मगर, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ । पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

ADVERTISEMENT

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ । अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

चलचित्र बा एक योद्धा

चलचित्र बा एक योद्धा

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

महाराजधिराजमा महारानीको रूपमा भित्रिइन् केकी

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

चलचित्र माया भनेकै यस्तो होलाको छायांकन सम्पन्न

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कान्छो प्रधानमन्त्रीको देश

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

चलचित्र द ब्ल्यू लाइटको गीत सार्वजनिक साथमा भिडियो पनि

क्रान्तिकारी मार्गचित्र इतिहासको बलिदान र भविष्यको डिजिटल संगठन

कविता ‘घण्टी’

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host