ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । देशभर जारी असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले आगामी पठनपाठन कार्तिक ११ गते बाट मात्र सुरु गर्ने निर्णय गरेको छ। यो भनेको दशैंतिहार र छठपछि हो । विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले आज सूचना जारी गर्दै भदौ २९, ३० र ३१ गते, असोज १, २ र ५ गते तथा कार्तिक ९ गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै पठनपाठन कार्य स्थगित गरिएको जानकारी दिएको छ।

‘देशभर विद्यमान असामान्य अवस्थाको कारण नियमित कक्षा सञ्चालन असम्भव भएकाले हिउँदे बिदाबाट कटौती गरिने गरी उक्त निर्णय गरिएको हो,’ सूचनामा भनिएको छ । देशभरका शैक्षिक संस्थाहरु अहिले बन्द छन् । स्कुल कहिले खुल्ने अनिश्चित छ ।












