बिदुर,२ फागुन । संम्पादक समाज नेपालले नागरिकका अपेक्षा र जिम्मेवार पत्रकारिता बिषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सँम्पन्न गरेको छ । नुवाकोट बिदुर नगरपालिका ४ मा सँम्पन्न अन्तरक्रिया कार्यक्रमको उद्घाटन नगर प्रमुख राजन श्रेष्टले गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रमलाई सँबोधन गर्दै नगर प्रमुख श्रेष्टले स्थानिय सरकारले बाटो बिराउँदा खबरदारी गर्न सँन्चारकर्मीहरुलाई आग्रह गर्नु भयो । जलबायू परिबर्तन र न्यूनिकरणका लागी सँम्पादक समाजले गर्ने अभियानमा नगरपालिकाले समन्वय, सहकार्य र सहयोग गर्ने बचन बद्दता ब्यक्त गर्दै नगर प्रमुख श्रेष्टले आगामी निर्बाचनमा भयरहित र निस्पक्ष निर्बाचनको लागी पत्रकारको अहँ भुमिकाको अपेक्षा गर्नु भएको थियो ।
पत्रकारितामा बढ्दो बिकृति, बिसँगती, गैर जिम्मेवारीपन, नियमक निकायका उपेक्षा, पत्रकार पलायन, नबपत्रकारको प्रबेशमा न्यूनता लगायतका बिषयमा अन्तरक्रियामा छलफल भएको थियो ।
पत्रकारिता क्षेत्रमा करिब ३ दशक देखि प्रशिक्षण दिदै आउनू भएका अग्रज पत्रकार तोया दहालले पत्रकारिता क्षेत्रबाट नागरिकले गरेका अपेक्षा र पत्रकारिता क्षेत्र किन जिम्मेवार हुन सकेन र पत्रकारिता जगत कहाँ चुक्दै छ भन्ने बिषयमा प्रस्तुति प्रस्तुत गर्नु भएको थियो । कसले के भन्यो मात्रै पत्रकारिता होइन भन्दै पत्रकार गौतमले जनचाहना अनुरुप र जिम्मेवार र जवाफदेही पत्रकारिता हुनु पर्नेमा त्यसो नभइ रहेको वास्तबिकता प्रष्ट्याउनू भएको थियो । लोकतन्त्रको मेरुदण्ड पत्रकारिता हो भन्दै गौतमले पत्रकार र पत्रकारिता क्षेत्र सँकटमा पर्नु भनेको लोकतन्त्र धरापमा पर्नु हो भन्दै यो क्षेत्र असफल पनि भइ नसकेको जानकारी गराउनू भयो ।
सामाजिक सन्जाल पत्रकारिता होइन भन्दै गोरखापत्र दैनिकका सँम्पादक एबँ सँम्पादक समाजका उपाध्यक्ष जुनारबाबू बस्नेतले मिडिया साक्षरता बुझेका मात्रै पत्रकार हुनसक्छ भन्दै नागरिकको अपेक्षालाई राज्यको निति सँग जोड्ने कसिको रुपमा पत्रकारिता हुनु पर्नेमा जोड दिनु भयो ।
स्थानिय सरकार सँग श्रोत, साधन पनि छ र यहाँ समस्या पनि छ भन्दै समाजका महासचिब श्याम डोटेलले स्थानिय स्तरबाट पत्रकारिता गरिरहेका पत्रकार र मिडियाको सँरक्षण तथा प्रशिक्षण गर्ने दायित्व पनि स्थानिय सरकारकै भएको बताउनू भयो । भाइरल हुँदैमा सबै समाचार सत्य हुँदैन भन्दै महासचिब डोटेलले प्रबिधिले ल्याएको बिकाशलाई आत्मासाथ गर्दै गलत प्रबृतीका समाचार र अफवाहको पछि पत्रकार तथा सन्चार माध्यम लाग्न नहुनेमा जोड दिनुभयो ।
सम्पादक समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा सँम्पन्न अन्तरक्रियामा पत्रकारिता क्षेत्रमा चासो राख्ने नुवाकोट जिल्ला भित्रका करिब ५० जना बढीको सहभागी थियो । अन्तरक्रियामा पत्रकार महासँघ नुवाकोट शाखाका प्रतिनिधी, उधोग बाणिज्य महासँघ, उपभोक्त मँचका प्रतिनिधी तथा बिभिन्न सन्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता थियो । अन्तरक्रियामा सहभागीहरुले नागरिकको प्रश्न मरेको छैन भन्दै पत्रकारले नागरिकको इश्यू उठाउनूको साटो आफै इश्यू बनाउने गरेको तितो यथार्थ पस्कनू भएको थियो । साथै नुवाकोटमा कार्यरत पुराना पत्रकार पलायन हुँदै गएको र नयाँ पत्रकार यो क्षेत्रमा आउन नचाहनु दुःखद भएको, स्थानिय निकाय स्थानिय मिडिया मैत्री नभएको, देखेका समाचार पनि लेख्न छोडेको, खोजमुलक समाचारलाई मेहेनत नगरेको, समाचारमा जवाफ देहिता हराउँदै गएको लगायतका बिषय सहभागीहरुले उठाएका थिए । कार्यक्रम सँयोजक ध्रुब कुमार रावलले स्वागत गरेको अन्तरक्रिया कार्यक्रममा समाजका सँरक्षक किरण बैध, न्यूज२४ दैनिकका प्रधान सँम्पादक नबराज चालिसे लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो ।













