काठमाडौं । २०८३’ अन्तर्गत विभिन्न आकर्षक सेवा र प्याकेजहरू सार्वजनिक गरेको छ। कम्पनीले यस अफरमार्फत नयाँ भ्वाइस तथा डाटा प्याकहरू सञ्चालनमा ल्याएको जनाएको छ। यस अफर अन्तर्गत पहिले २८ दिनको अवधि रहेका प्रिपेड मोबाइल प्याकहरूलाई बढाएर ३० दिनको बनाइएको छ। अब सबै प्याकहरू ३० दिनकै हुनेछन्। साथै, भ्वाइस प्याकहरूमा ३० दिनसम्म सबै नेटवर्कमा (अल-नेट) कल गर्न सकिने सुविधा थपिएको छ।
कम्पनीले विभिन्न डाटा तथा कम्बो प्याकहरूलाई थप आकर्षक बनाएको छ। विशेषगरी, लोकप्रिय अनलिमिटेड प्याकलाई अझ सुलभ बनाउँदै ९९९ रुपैयाँमा अनलिमिटेड अल-नेट भ्वाइस, मासिक ३०० जीबी डाटा र ३०० अल-नेट एसएमएस सुविधा उपलब्ध गराइएको छ। त्यस्तै ७९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १५० जीबी डाटा र २५० एसएमएस पाइनेछ।
डाटा प्याकतर्फ ५४९ रुपैयाँमा ४० जीबी र ९९९ रुपैयाँमा १०० जीबी डाटा उपलब्ध हुनेछ। दैनिक प्रयोगका लागि ५९९ रुपैयाँमा प्रतिदिन २ जीबी तथा ३४९ रुपैयाँमा प्रतिदिन १ जीबी डाटा पाइने व्यवस्था गरिएको छ। अनलिमिटेड प्याकअन्तर्गत २५ रुपैयाँमा १ घण्टासम्म चल्ने अनलिमिटेड भ्वाइस तथा डाटा प्याक उपलब्ध छ भने ९९ रुपैयाँमा ३० दिनसम्म दैनिक प्रयोग गर्न मिल्ने ५ एमबीपीएस गतिको डाटा प्याक पनि उपलब्ध गराइएको छ। यसका अतिरिक्त, कम्पनीले विभिन्न बन्डल,एड-अन, सीयूजी, एसएमएस, एफटीटीएच, नाइट तथा कम्बो प्याकहरू समेत उपलब्ध गराएको जनाएको छ। यो समर अफर वैशाख ११ गतेदेखि लागू हुनेछ। सेवाग्राहीहरूले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एपमार्फत प्याकसम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सक्नेछन्। साथै, कम्पनीको वेबसाइटमार्फत पनि विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ।











