ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

एभरेष्ट इन्जिनियरिङ कलेजमा तीन दिने शोध लेखन तालिम सम्पन्न


एभरेष्ट इन्जिनियरिङ कलेजमा तीन दिने शोध लेखन तालिम सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं । देशकै उच्च प्राविधिक कलेजहरूमा अब्बल मानिएको ललितपुर सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा आज तीन दिने शोध लेखन तालिम सम्पन्न भएको छ। अनुसन्धान नगरी देश विकास सम्भव छैन भन्ने तथ्य स्थापित भइसकेको वर्तमान परिप्रेक्ष्यमा अनुसन्धानको परिणाम प्रकाशन पनि उत्तिकै महत्वपूर्ण रहेको कुरा युरोप अष्ट्रियाको क्रेम्स शहरमा रहेको आईएमसि विश्वविद्यालयमा लामो समय देखि अध्यापन तथा अनुसन्धानमा संलग्न प्रा.डा. सरिता पौडेलले जानकारी दिए। तालिममा स्रोत व्यक्तिको रूपमा प्रा.डा. सरिता पौडेलले शोध लेखनमा सहयोगी लिङ्कहरू प्रयोग गर्ने विधिबारे जानकारी दिए।

विद्यार्थी तथा शिक्षकहरूबाट उच्च स्तरीय रिसर्च जर्नलहरूमा प्रकाशित भएका शोध लेखहरूकै आधारमा कलेज तथा विश्वविद्यालयहरूको अन्तर्राष्ट्रिय स्थान मापन हुने भएकोले उच्च स्तरको अनुसन्धानको साथै शोध लेख प्रकाशन गर्नु पर्ने कुरामा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डा. पवनकुमार भट्टराईले जोड दिए। अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन गर्न शोध लेखमा हुनुपर्ने गुणहरू बारे डा. भट्टराईले विस्तृत जानकारी दिए।
स्नातकोत्तर तथा विद्यावारिधीका विद्यार्थीहरूले शोध लेख तयार गर्न उपयोगी इन्टरनेटमा उपलब्ध विभिन्न साधन तथा सूत्रहरूमा पहुँच तथा व्यावहारिक प्रयोग विधि सम्बन्धी विस्तृत जानकारी एभरेष्ट इन्जिनियरिङ कलेजको स्नातकोत्तर कार्यक्रम संयोजक इन्जिनियर नारायण सापकोटा तथा सोही कार्यक्रमका शिक्षक प्रा.डा. प्रदिप पौडेलले दिए।

ADVERTISEMENT
ADVERTISEMENT

समकक्ष समीक्षा अर्थात पियर रिभ्यू शोध लेख प्रकाशन प्रक्रियाको अभिन्न अङ्ग भएको र समकक्ष समीक्षा कसरी गरिन्छ भन्ने विषयमा एभरेष्ट इन्जिनियरिङ कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले तालिमको स्रोत व्यक्तिको रूपमा प्रशिक्षार्थीहरूसँग आपसी संवाद मार्फत जानकारी दिए। तालिम समापन कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका तथा युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजका प्रशिक्षार्थी तथा सबै प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। तालिम विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा एभरेष्ट इन्जिनियरिङ कलेजको अनुसन्धान समितिले आयोजना गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कोशी प्रदेशका साना तथा मझौला उद्यमलाई राष्ट्रिय वाणिज्य बैंकको ३ करोडसम्म कर्जा

कोशी प्रदेशका साना तथा मझौला उद्यमलाई राष्ट्रिय वाणिज्य बैंकको ३ करोडसम्म कर्जा

नेपाल टेलिकमको नयाँ प्रवक्तामा कमल लामिछाने नियुक्त

नेपाल टेलिकमको नयाँ प्रवक्तामा कमल लामिछाने नियुक्त

नेपाल बैंकद्वारा विभिन्न संस्था तथा होटलसँग छुट सुविधा सम्बन्धी सम्झौता

नेपाल बैंकद्वारा विभिन्न संस्था तथा होटलसँग छुट सुविधा सम्बन्धी सम्झौता

काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि सहभागी सबै विदेशी टोली नेपालमा

काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि सहभागी सबै विदेशी टोली नेपालमा

नेपाल इन्जिनियरिङ कलेज र भायोनेट विच एमओयू

नेपाल इन्जिनियरिङ कलेज र भायोनेट विच एमओयू

सरोकारवालासँग छलफल गरेर मात्रै होटलमा एम्आरपी लागू गर्न नेपाल उद्योग व्यापार महासंघको माग

सरोकारवालासँग छलफल गरेर मात्रै होटलमा एम्आरपी लागू गर्न नेपाल उद्योग व्यापार महासंघको माग

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host