काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरणसँगै पूर्वविश्व विजेता टोलीहरू एकपछि अर्को गर्दै प्रतियोगिताबाट बाहिरिएका छन्। ब्राजिल, जर्मनी, पोर्चुगल र उरुग्वेले यसपटक विश्वकप यात्रालाई समयअघि नै टुंग्याएका छन्। राउन्ड अफ–१६ अन्तर्गत अमेरिकाको डलासमा भएको रोमाञ्चक खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने संकेत देखिएको थियो। तर दोस्रो हाफको इन्जुरी समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।
यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो। सन् २०१० मा विश्वकपको उपाधि जितेपछि स्पेन पहिलो पटक अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो। यता, पोर्चुगलको उपाधि जित्ने सपना भने राउन्ड अफ–१६ मै समाप्त भएको छ। यस विश्वकपमा ब्राजिल, जर्मनी र उरुग्वेजस्ता पूर्वविश्व विजेता टोलीको बहिर्गमनसँगै उपाधि दौड अझ रोचक बनेको छ।







