ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

श्रीमुक्तिनाथ रथयात्रा २०८३ : मेची-महाकाली जोड्ने महाअभियान, कार्तिक ८ देखि सुरु


श्रीमुक्तिनाथ रथयात्रा २०८३ : मेची-महाकाली जोड्ने महाअभियान, कार्तिक ८ देखि सुरु
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाण्डौँ । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय धार्मिक तथा सांस्कृतिक एकताको सन्देशसहित आगामी कात्तिक ८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने ’मेची-महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा २०८३’  को विस्तृत कार्यतालिका सार्वजनिक भएको   छ । मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्संकल्प अनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिक स्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामहरू सहित आम नेपालीलाई एक सूत्रमा जोड्ने छ ।
‘यस धार्मिक रथयात्राले नेपालको मुक्तिनाथ, पवित्र कालीगण्डकी र समग्र मुक्तिक्षेत्रको महिमालाई देश विदेशसम्म पुर्‍याउँदै समग्र देशको धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै तीर्थस्थलहरूको आपसी सम्बन्ध विस्तार, सनातन संस्कृतिको जगेर्ना र आध्यात्मिक जागरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ’, मुक्तिनाथ बाबाका उत्तराधिकारी स्वामी वासुदेव प्रपन्नाचार्यले बताए । रथयात्राले विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउने पनी उनको भनाई छ । आयोजकले सार्वजनिक गरेको कार्यतालिका अनुसार रथयात्रा प्रत्येक दिन बिहान ८ बजे सुरु भई बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ । निर्धारित मार्गमा पर्ने विभिन्न धार्मिक स्थल तथा तीर्थधाममा रथयात्रा पुग्ने भएकाले स्थानीय श्रद्धालु भक्तजनलाई दर्शन, पूजा–अर्चना तथा धार्मिक कार्यक्रममा सहभागी हुने अवसर प्राप्त  हुनेछ ।
सार्वजनिक कार्यतालिका अनुसार रथयात्रा कात्तिक ८ गते मुक्तिनाथबाट जोमसोम, गलेश्वर हुँदै बेनी–कुन्डुलेफेदी पुगेर रात्री विश्राम गर्नेछ । कात्तिक ९ गते पञ्चकोट, बागलुङ बजार, मालढुंगा, कुश्मा, नौडाँडा र हेमजाको मार्ग हुँदै पोखरा नगर परिक्रमा गरी श्रीमुक्तिनाथ सनातन सेवाश्रम, रामघाटमा रात्री विश्राम गर्ने कार्यक्रम छ । कात्तिक १० गते पोखराबाट दमौली, डुम्रे, मुग्लिन, धादिङ, थानकोट, कलंकी, स्वयम्भू, बालाजु र चक्रपथ हुँदै गोल्फुटार स्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रम पुगेर रथयात्रा विश्राम गर्नेछ । त्यसैगरी कात्तिक ११ गते काठमाडौं नगर परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्री विश्राम गर्ने कार्यतालिका छ । कात्तिक १२ गते भक्तपुरबाट साँगा, बनेपा, धुलिखेल, भकुण्डेबेसी र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्राले कात्तिक १३ गते सिन्धुली, भीमान, कटारी, गाईघाट र वराहक्षेत्र हुँदै श्रीमुक्तिनाथ मन्दिर, चतराधाममा रात्री विश्राम गर्नेछ ।

कात्तिक १४ गते चतराबाट धरान, इटहरी, विराटचोक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गर्ने कार्यक्रम रहेको छ । कात्तिक १५ गते गोवर्धन गौशाला, किल्किले, लालमखोला, माईधार, बिर्तामोड, अर्जुनधारा, बुधबारे, चारआली, भद्रपुर र काकडभिट्टा हुँदै श्रीयोगिराज कमलनयनाचार्य आश्रम, माईधारमा रात्री विश्राम गर्नेछ । कात्तिक १६ गते माईधारबाट रङ्गेली हुँदै विराटनगर परिक्रमा गरी श्रीलक्ष्मीनारायण मन्दिर, पाञ्चालीमा विश्राम गरिनेछ । कात्तिक १७ गते विराटनगर, दुहबी, इटहरी, लहान र धनुषा हुँदै जनकपुरधाम पुगेर रथयात्रा रात्री विश्राम गर्ने कार्यक्रम छ । कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर, बडहरी, लालबन्दी, बर्दिवास, लालबन्दी, नवलपुर, हरिवन, चन्द्रनिगाहपुर, निजगढ र पथलैया हुँदै सिमरामा विश्राम गर्नेछ । कात्तिक १९ गते सिमरा, पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी श्रीकस्तुरी रङ्गनाथ मन्दिर, चिसापानीमा रात्री विश्राम गर्ने कार्यक्रम तय गरिएको छ ।

ADVERTISEMENT

कात्तिक २० गते हेटौँडाबाट मनहरी, बसन्तपुर, भण्डारा, पर्सा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा विश्राम गरिनेछ । कात्तिक २१ गते नारायणगढ, गैँडाकोट, भेडाबारी, फुलवास, रजहर, दलदले, प्रगतिनगर, कावासोती, डण्डा, चोरमारा, अरुणखोला, दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा रात्री विश्राम गर्ने कार्यतालिका छ । कात्तिक २२ गते बर्दघाट, भुताहा, भूमही, सुनवल र बुटवल हुँदै रथयात्रा रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्गवेद स्वर्गद्वारी आश्रम पुग्नेछ । कात्तिक २३ गते खरेन्द्रपुर, चन्द्रौटा, मालुवाङ, लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रात्री विश्राम गरिनेछ । कात्तिक २४ गते नेपालगञ्जबाट टिकापुर हुँदै लम्कीचुहा क्षेत्रमा विश्राम गर्ने र कात्तिक २५ गते लम्कीचुहाबाट पुनर्वास हुँदै महेन्द्रनगर (महालक्ष्मी) स्थित श्रीराधाकृष्ण मन्दिरमा रात्री विश्राम गर्ने कार्यक्रम रहेको छ ।

कात्तिक २६ गते महेन्द्रनगर, भलारी र अत्तरियाको मार्ग हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा रथयात्रा पुग्नेछ । कात्तिक २७ गते धनगढी, हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिरमा रात्री विश्राम गरिनेछ । कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गर्ने कार्यक्रम छ । कात्तिक २९ गते तुलसीपुर, घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुगेर रात्री विश्राम गरिनेछ । रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा समापन गरिने कार्यक्रम रहेको छ । श्रीगजेन्द्रमोक्ष दिव्यधाममा मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

साहित्य र समाजसेवामा योगदान दिने व्यक्तित्वलाई सम्मान

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

धार्मिक पौराणिक तथा आधुनिक समाजमा यसको महत्व

टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम

टाेखामा तीज विशेष कार्यक्रम टिममा बिनिता प्रथम

काठमाडौँकाे ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली

काठमाडौँकाे ठमेलबाट इन्द्रेणी गाईजात्रा र्‍याली

जनैपूर्णिमा तागाधारीको पर्व

जनैपूर्णिमा तागाधारीको पर्व

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

सात बुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host