काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ। गत वैशाख २८ गते राष्ट्रपति ले संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
आजको बैठकमा प्रधानमन्त्री ले नीति तथा कार्यक्रम माथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावहरू पेश हुने र त्यसमाथि छलफल समेत हुने कार्यसूचीमा उल्लेख छ। बैठकमा प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम पनि रहेको छ। प्रधानमन्त्री बनेपछि उनले संसद्मा पहिलोपटक सम्बोधन गर्न लागेका हुन्।











