काठमाडौं। यती एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासन प्रक्रियाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।
धितोपत्र निष्कासनसम्बन्धी सम्झौतापत्रमा यती एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। कम्पनीले आईपीओमार्फत सर्वसाधारण लगानीकर्ताबाट पूँजी संकलन गर्ने तयारी गरेको छ।











