ADVERTISEMENT
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भदौ ५ गते शुक्रबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएका छन्। वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने बैठकको कार्यसूची गृहकार्यपछि सार्वजनिक गरिने महामन्त्री विपिनकुमार आचार्यले बताएका छन्।
यसअघि बैठकमा बालेन पक्षका नेताहरूले प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल सुनिश्चित गर्नुपर्ने तथा महाधिवेशनबारे छानबिन गर्नुपर्ने माग उठाएका थिए।
ADVERTISEMENT







