ADVERTISEMENT
काठमाडौं। संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीलाई अब अर्धमासिक रूपमा तलब तथा भत्ता भुक्तानी गर्ने व्यवस्था लागू हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयले सम्बन्धित निकायलाई महिनाको १५ दिनपछि तलब, भत्ता तथा बजेट वक्तव्य २०८३/८४ अनुसारको प्रोत्साहन भत्ता समेत अर्धमासिक रूपमा भुक्तानी गर्न निर्देशन दिएको छ।
कार्यालयले आवश्यक प्रणालीगत व्यवस्था मिलाइसकेको जनाएको छ। यद्यपि रकम खातामा जम्मा हुने निश्चित मिति भने तोकिएको छैन।
ADVERTISEMENT






