ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश


सारथी इक्विटी फण्डको दोस्रो साधारण सभा सम्पन्न शेयरधनीलाई १० प्रतिशत नगद लाभांश
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ । सारथी इक्विटी फण्ड लिमिटेडको दोस्रो वार्षिक साधारण सभा काठमाडौँको गौशालास्थित होटल बद्रीनाथमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गर्नुका साथै शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले स्वतन्त्र सञ्चालकमा भवानी घिमिरे (थापा) को नियुक्तिलाई अनुमोदन गरेको छ भने आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

ADVERTISEMENT

कम्पनीका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको वित्तीय अवस्था, लगानी व्यवस्थापन र आगामी व्यावसायिक रणनीतिबारे विस्तृत छलफल भएको थियो। कार्यक्रममा शेयरधनीहरूले उठाएका विभिन्न जिज्ञासाको जवाफ कम्पनीका प्रबन्ध सञ्चालक कोषराज सुवेदीले दिनुभएको थियो भने सभाको सञ्चालन कम्पनी सचिव अस्मिता गौतमले गर्नुभएको थियो।
लगानी विविधीकरण र उच्च प्रतिफलमा जोड
सारथी इक्विटी फण्डले आगामी दिनमा लगानीका नयाँ अवसरहरू पहिचान गरी सम्भावनायुक्त परियोजनाहरूमा पुँजी परिचालन गर्ने लक्ष्य लिएको छ। प्रभावकारी जोखिम व्यवस्थापन, पोर्टफोलियो विविधीकरण र दीर्घकालीन मूल्य अभिवृद्धिलाई प्राथमिकता दिँदै शेयरधनीलाई उच्च प्रतिफल दिलाउनेतर्फ कम्पनी केन्द्रित रहेको जनाइएको छ।

यसैगरी, कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सम्बन्धी इजाजतपत्र लिई लगानीको दायरा विस्तार गर्ने योजना अघि सारेको छ। नवीन प्रविधिमा आधारित व्यवसाय, नवप्रवर्तनशील उद्यम र दिगो विकासका सम्भावना भएका क्षेत्रहरूमा लगानी गरी मुलुकको लगानी बजारमा नयाँ अवसर सिर्जना गर्ने कम्पनीको रणनीति छ। ई. राजीव पौडेल र डा. हिमाल भट्टराईसमेत सञ्चालक समितिमा रहनुभएको यस कम्पनीले सम्भावनायुक्त परियोजनामा लगानी विस्तार गर्दै दीर्घकालीन प्रतिफल सुनिश्चित गर्नुलाई आफ्नो मुख्य कार्यदिशा बनाएको छ।

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा युवक पक्राउ

हिमाली क्षेत्रमा जलवायु जोखिम र जलवायु न्यायबारे अन्तरक्रिया

हिमाली क्षेत्रमा जलवायु जोखिम र जलवायु न्यायबारे अन्तरक्रिया

जलवायु न्यायबारे आज अन्तरक्रिया हुँदै

जलवायु न्यायबारे आज अन्तरक्रिया हुँदै

क्षितिज क्रान्ति -सन्ताेष प्रसाद तिवारी-

भ्युज होइन जीवन बचाऔँ विपत्तिमा राजनीति र प्रतिस्पर्धा होइन मानवता र सहकार्य चाहिन्छ

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सामाजिक सद्भाव र सुरक्षा समन्वयमा जोड

बाढीपीडितको साथमा सरकार, मन्त्रीले दिए एक महिनाको तलब

साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अगाडि बढाउदै

साउन १ गते मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अगाडि बढाउदै

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host