ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । गैरकानुनी क्रिप्टो कारोबार गरेको आरोपमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन्।
प्रहरीका अनुसार यादवले हालसम्म २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुलेको छ। अनलाइन बेटिङ र अवैध क्रिप्टो कारोबारमा संलग्न रहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।






