श्री कृष्ण प्रणामी मूल मन्दिर इमाडोलको ५० औं वार्षिकोत्सव उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ललितपुर,बैशाख ३ गते । श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलको ५० औं वार्षिकोत्सव तथा धर्म जागनीस्वर्णमहोत्सव,२०८० उद्घाटन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री देवराज घिमिरे ज्यू वाट दीप प्रज्वलन तथा श्री कृष्णको फोटोमा माल्याणपरगरी आज भव्यरुपमा कार्यक्रमको उद्घाटन भएको हो । उक्त कार्यक्रममा मन्तव्य दिदै सभामुख घिमिरेले कृष्ण प्रणामी समाजले मानव कल्याणका लागि अमुल्य योगदान दिएको वताउनु भयो । सभामुख घिमिरेले श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोल यस क्षेत्रको महत्वपुर्ण प्राकृतिक तथा सांस्कृतिक सम्पदा रहेको वताउनु भयो । कृष्ण प्रणामी धर्मको दर्शन जनजनमा पुरयाउनसके यसवाट मानव कल्याणका लागि अमुल्य योगदान पुग्न सक्ने कुरा वाहाले वताउनु भयो । सभामुख घिमिरेले मानव कल्याण र राष्ट्र सेवामा कृष्ण प्रणामी धर्मको योगदानलाई कसैले विर्सन नहुने वताउनु भएको छ । कार्यक्रमको सभापतिको आसन ग्रहण श्री कृष्ण प्रणामी मूल मन्दिर इमाडोलका सञ्चालक समितिका अध्यक्ष श्री चिन्तामणि बस्नेत ज्युले गर्नुभएको छ । मन्तव्य धर्म जागनी तथा स्वर्ण महोत्सव, २०८० का संयोजक तथा बरिष्ठ चार्टड एकाउन्टेन्ट श्री नन्द किशोर शर्माले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सम्पुर्ण आगन्तुकहरुलाई हाद्र्विक स्वागत गर्नु भयो ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी बाइजुराज महिला समितिका केन्द्रिय अध्यक्ष, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रिय अध्यक्ष जगदिश चन्द्र शर्मा,श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका अध्यक्ष श्री श्याम कृष्ण शर्मा, माननीय सदस्य प्रतिनिधि सभा ललितपुर क्षेत्र नं ३ तोसिमा कार्कीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदेव सुनुवार,वरिष्ठ प्रहरी उपरिक्षक सिद्दि बिक्रम शाह ,महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोबिन्द श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन,बागमती प्रदेशका निवर्तमान माननीय स्वास्थ्य मन्त्री श्री रामेश्वर श्रेष्ठ, निवर्तमान माननीय प्रदेश मामिला समिति सभापति बागमती प्रदेश श्री माधव पौडेल, महालक्ष्मी नगरपालीकाका १ वडा देखि १० नं. वडा सम्मका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु लगायतका बिशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।कार्यत्रममा धर्म जागनी स्वर्ण महोत्सव, २०८० का प्रमुख संरक्षक एवं श्री नवतनधामका प्रमुख महन्त बाबाजी श्री १०८ अमृतराजजी महाराज ,श्री ५ नवतनपुरी धामबाट पाल्नु भएका प्रतिनिधि महन्त स्वामी श्री १०८ लक्ष्मणदेवजी महाराज , श्री बाबा दयाराम धामका गादिपति महन्त श्री १०८ जगतराजजी महाराज, श्री नवतनधामका महन्त स्वामी श्री १०८ पुरुषोत्तमजी महाराज , श्री मूल मिलावा मानव मन्दिरका महन्त स्वामी श्री १०८ लक्ष्मणज्योतिजी महाराज, धर्मधाम जिरौनाका महन्त श्री १०८ राजेन्द्रदासजी महाराज, श्री ५ नवतनपुरीधामबाट पाल्नु भएका स्वामी श्री १०८ दिव्यचैतन्यजी महाराज, श्री प्राचार्य महेन्द्र महाराजजी रायगढ, भारत, श्रीकृष्ण प्रणामी मन्दिर सुर्खेतका संस्थापक श्री मोहनानन्दजी महाराज, श्रीकृष्ण प्रणामी मन्दिर दीवबाट पाल्नु भएका श्री प्रकाशानन्दजी महाराज,श्री कृपा सिन्धु मेहेरसागर आश्रमका संस्थापक श्री जनार्दन शास्त्रीजी,श्री ५ नवतनपुरीधामबाट पाल्नु भएका श्री कृष्ण रसिक शास्त्रीजी, श्री ५ नवतनपुरीधामबाट पाल्नु भएका श्री तिलकरत्न शास्त्रीजी ,पं. श्री नवलकिशोर आचार्यजी , श्री कृष्ण प्रणामी धर्मका प्रबक्ता पं. श्री कृष्णप्रसाद सापकोटाजी, धर्मप्रचारक श्री राजरसिक महाराजजी , पं. श्री चन्द्र प्रकाशजी ,पं.श्री श्यामसुन्दर शास्त्रीजी , पं.श्री घनश्याम अधिकारीजी , श्री प्रल्हादराज शास्त्रीजी ,पं.श्री गोविन्द सिटौलाजी ,पं. श्री देवकृष्ण शर्माजी ,श्री राजिवलोचन शास्त्रीजी, श्री सुभाष शास्त्रीजी ,पं. श्री रञ्जन खरेल , धर्म प्रचारिका साधवी पुजन शिखाजी, धर्म प्रचारिका साधवी रेखा ढुङगेल, धर्म प्रचारिका साधवी विन्दा सुवेदी , धर्म प्रचारक देवु महाराज ,धर्म प्रचारक श्री टिकाराज अत्री गौतम, धर्म प्रचारक श्री हरि रेग्मी श्रीकृष्ण प्रणामी मन्दिर दार्जिलिङ, धर्म प्रचारक श्री माधवराजजी , धर्म प्रचारक श्री विरहिन भानुजी , साधवी श्री नारायणी घिमिरेजी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल र भारतका विभिन्न स्थानहरुवाट आएका सुन्दरसाथ तथा भक्तजनहरुको ठुलो सहभागिता रहेको थियो । श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलका सचिव कृष्ण खड्काले यस्तो कार्यक्रम न भुतो न भविश्यति (न विगतमा थियो, न भविश्यमा नै हुने) भनि वताउनु भयो । कार्यक्रममा बर्दिया जिल्लावाट घोडा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा १०८ ब्रम्हमुनिहरुले श्री तारतम सागर पाठ गरेका छन। कार्यक्रम ९ दिन सम्म चल्ने श्रीकृष्ण प्रणामी मूल मन्दिर इमाडोलले जनाएको छ ।
परमपूज्य परम वन्दनीय प्रात; स्मरणीय श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्रीविभूषित जगद्गुरू ब्रह्मलीन आचार्यश्री धर्मदासजी महाराजश्रीबाट समुद्घाटित श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल अन्तर्गत दर्ता भएको पहिलो इकाई शाखा श्रीकृष्ण प्रणामी मूल मन्दिर, इमाडोल, ललितपुर स्थापनाको ५० वर्ष पुगेको शुभ उपलक्ष्यमा श्रीमत्तारतम सागर १०८ पाठपारायण, तारतमीय श्रीकृष्ण कथा एवं ५० विभिन्न ५० प्रकारका धार्मिक, सास्कृतिक र सामाजिक कार्यक्रमसहित २०८० वैशाख १ गतेदेखि ९ गतेसम्म आयोजना हुने जनाइएको छ ।
“पूर्णमदः पूर्णमिदं पूर्णत्पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादय पूर्णमेवावशिष्यते ।।”, तथा
“एकोकिप कृष्णस्य कृतः प्रणामो दशाश्वमेधावभृथेन तुल्यः ।
दशाश्वमेधी पुनरेति जन्मः कृष्ण प्रणामी न पुनर्भवाय”
जस्ता शास्त्रोक्त सूक्तिहरुबाट परिपुष्टित तथा करिव चार शताब्दीपूर्व सद्गुरु धनी श्री देवचन्द्रजी महाराज एवं महामति श्री प्राणनाथजी महाराजको साधनात्मक अनुभूतिबाट अलंकृत अध्यात्मको विज्ञाननै श्रीकृष्ण प्रणामी धर्म हो ।
अन्य संप्रदायहरुबाट माथि उठेर अध्यात्मको प्रेमिल आकाशमा विचरण गराउने सच्चिदानन्दमय पथ, श्रीकृष्ण प्रणामी धर्मको उद्गम विन्दु अनादि अक्षरातीत श्री राजश्यामा श्रीकृष्ण तत्व हुनुहुन्छ । यस धर्मले पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णलाई आराध्य मानी, सेवापूजा एवं अनन्य प्रेम(लक्षणा भक्तिको अनुशरणबाट समाजमा अहिंसा, प्रेम, समता एवं सेवाभाव अभिवृद्घि गरी प्रत्येक व्यक्तिको जीवनलाई अध्यात्म उन्मुख बनाउदै क्षर, अक्षरदेखि पर अक्षरातीत तत्वमा विलिन बनाउनमा मार्ग दर्शन गर्दै आएको छ ।
जस्ता शास्त्रोक्त सूक्तिहरुबाट परिपुष्टित तथा करिव चार शताब्दीपूर्व सद्गुरु धनी श्री देवचन्द्रजी महाराज एवं महामति श्री प्राणनाथजी महाराजको साधनात्मक अनुभूतिबाट अलंकृत अध्यात्मको विज्ञाननै श्रीकृष्ण प्रणामी धर्म हो ।
अन्य संप्रदायहरुबाट माथि उठेर अध्यात्मको प्रेमिल आकाशमा विचरण गराउने सच्चिदानन्दमय पथ, श्रीकृष्ण प्रणामी धर्मको उद्गम विन्दु अनादि अक्षरातीत श्री राजश्यामा श्रीकृष्ण तत्व हुनुहुन्छ । यस धर्मले पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णलाई आराध्य मानी, सेवापूजा एवं अनन्य प्रेम(लक्षणा भक्तिको अनुशरणबाट समाजमा अहिंसा, प्रेम, समता एवं सेवाभाव अभिवृद्घि गरी प्रत्येक व्यक्तिको जीवनलाई अध्यात्म उन्मुख बनाउदै क्षर, अक्षरदेखि पर अक्षरातीत तत्वमा विलिन बनाउनमा मार्ग दर्शन गर्दै आएको छ ।
श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका संस्थापक सद्गुरु धनी श्री देवचन्द्रजी महाराजले अल्पायुदेखिनै उठेको मुमुक्षा(भाव मेट्न तत्कालिन संपूर्ण संप्रदायहरु चाहार्नु भयो । अन्ततोगत्वा ३५ वर्ष लामो महासंकल्पको सनिष्ठापूर्ण साधनाबाट ४० बर्षको अवस्थामा पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णको दर्शनाभूति सहित तारतम बीज महामन्त्र प्राप्त गर्नुभयो र जागनीको कार्य सुभारम्भ गर्नु भयो । सो तारतम महामन्त्र धनीजीले आफ्ना प्रमुख शिष्य महामति श्री प्राणनाथजीलाई हस्तान्तरण गर्नुभयो । महामति श्री प्राणनाथजी अवतरित श्री तारतमवाणी, संपूर्ण धर्म ग्रन्थहरुको निचोड हो । जसमा श्रीकृष्ण तत्वका रहस्योद्घाटन सहित परमात्मा अनुभूतिको सहज मार्ग प्रसस्त गरिएको छ । श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरुले श्री कुलजम स्वरुप तारतम सागरलाई पूर्णब्रह्म परमात्माको वाङग्मय स्वरुप मानेर मन्दिर एवं घरको सिंहासनमा पधराई श्रृंगार सहित अष्टप्रहर सेवापूजा गर्ने गर्दछन् ।युगल स्वरुप श्री राजश्यामाजीलाई सर्वाेपरी आराध्य मानेर, परमात्मा मीलनको प्यासमा छटपटिदै, यम नियमको स्वभाविक रुपमा पालन गर्र्दै सुन्दरवाई (सद्गुरु) सखीलाई पछ्याउदै सत्पथको यात्री श्रीकृष्ण प्रणामी धर्मका अनुयायीहरुलाई सुन्दरसाथ संज्ञाले विभूषित गरिन्छ ।
श्रीकृष्ण प्रणामी धर्मका प्रमुख सैद्घान्तिक एवं व्यवहारिक पक्षहरुमा “सवका मालिक एक”को उद्घोष अनुसार पूर्णब्रह्म परमात्मा सवैका एउटै हुन्, सवका मालिक हुन् शास्त्रानूसार उनै अनादि अक्षरातीत तत्व पनि हुन् ।आत्मा, परमात्माको अंश हो र त्यो सच्चिदानन्दमय अविनाशी हुन्छ । एक अर्कालाई अभिवादन गर्दा परमात्माको अंशस्वरुप ठानेर प्रणाम गर्ने गरिन्छ ।अहिंसा, प्रेम, दया, करुणादि यस धर्मका आभूषण हुन् ।सबै धर्म, संप्रदाय प्रति तटस्थ एवं सद्भाव राखिन्छ ।संपूर्ण धर्मशास्त्रहरुलाई साक्षी स्वरुप र तारतम सागरलाई सुक्ष्मवेद स्वरुप मानेर उपासना गरिन्छ ।संपूर्ण प्राणी पदार्थमा जाति, वर्ण र वर्गको आधारमा भेद गरिदैन बरु समतामूलक व्यवहार गरिन्छ ।शुद्घ शाकाहारी भोजन गर्ने, धुम्रपान, मदिरादि जस्ता दुव्यर्सनबाट आफू मुक्तरहि अरुलाई पनि मुक्त गराउने ।यम, नियमको पूर्णरुपले पालना गर्ने, यस अन्तर्गत अहिंसा, अस्तेय, अपरिग्रह, सत्य र ब्रह्मचर्य । नियम अन्र्तगत शौच, सन्तोष, तप, स्वाध्याय र इश्वर प्राणी धानको अनिवार्य पालना गर्ने ।“सुख शीतल करुं संसार” भन्ने महामतिको सपनालाई साकार पार्न आफूपनि शीतल हुने र अरुलाई पनि शीतल गराउने ।“तुम सेवासे पाओगे पार” भन्ने महानवाणीलाई हृदयगंम गर्दै निर्लोभ भावले सेवा गर्ने र अरुलाई पनि सेवाको लागि उत्प्रेरित गर्ने ।
“धर्म जागनी स्वर्ण महोत्सव, २०८०“ को बैशाख १ गतेको कलश यात्रा र आजको उद्घाटन समारोहमा उत्साहजनक सहभागिता रहेको थियो ।कार्यक्रममा वालीकाहरुले डडीया नृत्य प्रस्तुत गरेका थिए ।नेपाल भर कृष्ण प्रणामी धर्मका ३५० भन्दा वढी मन्दिरहरु र १६ लाख भन्दा वढी अनुयायीहरु रहेको कार्यक्रममा जनाइएको छ ।