ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

शंखरापुर नगरपालिका भित्र लुकेकाे ईतिहास


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी।
२३ माग, काठमाडौँ । बागमती प्रदेश अन्तर्गत काठमाण्डौ जिल्लाको क्षेत्र नं २ काे उत्तर पूर्वी भागमा अवस्थित ऐतिहासिक महत्वको कला, सांस्कृतिक ग्रामले चिनिने शंखरापुर नगरपालिका  २०७१ साल मंसिर १६ गते स्थापना भएको थियो। ६ वटा गाविस मिलाएर १५ वटा वडामा विभाजन गरिएको नगरपालिका  २०७३  सालमा भएकाे स्थानीय तहको पुनर्संरचना पश्चात साबिकको  पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी , इन्द्रायणी,नाङ्लेभारे र सुन्टाेल  गा.वि.स मिलाएर शंखरापुर नगरपालिका बनेको हो। वर्तमान समयमा करीब  ६०.२१ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस शंखरापुर नगरपालिका -लाई ९ वटा वडामा वर्गीकरण गरिएको छ। २०७८ काे जनगणना अनुसार यस नगरपालिकाको कुल जनसङ्ख्या २७ हजार २ सय २ जना  पुगेको छ भने’जसमध्य १३,६३३ पुरुष र १३,५६९ महिला रहेका छन् । यहाँका अग्रजहरुले बताए अनुसार यो नगरपालिका ऐतिहासिक रुपमा करिव ३३०० वर्ष अगाडि जोगदेव बज्राचार्यले कलिगत सम्बत् १८०१ मा योजना बनाई शंखको आकारमा साँखु सहरको परिकल्पना गरी बनाएको हुँदा यस नगरको नामाकरण शंखरापुर नगरपालिका गरिएको हो। याे नगरपालिकाको छिमेकी जिल्लाहरू भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट जिल्ला रहेका छन् भने यसको छेउका नगरपालिका काठमाण्डौ जिल्लाकै कागेश्वरी मनोहरा नगरपालिका र गाेकर्णेश्वर नपा, मेलम्ची नगरपालिका,मन्दन देउपुर नगरपालिका, चाँगुनारायण नगरपालिका संग जोडिएर रहेको छ । याे काठमाडौँ उपत्यकाबाट शंखरापुर नगरपालिकाकै  बाटो भएर सिन्धुपाल्चोक हुँदै छिमेकी देश चिनकाे उत्तर पुर्वि भागको स्वशासित क्षेत्र तिब्बत सम्म पुग्ने ऐतिहासिक र छाेटाे दुरीको मार्ग पनि हाे। शंखरापुर नगरपालिका भित्र केही लुकेका सम्पत्तिहरु –
सम्पदा र एतिहासिक वस्तु-
यस प्राचिन एवम् एतिहासिक नगरको सम्पदाहरू भनेकै, यहाँका पुराना कलात्मक काष्ठकलाका मुर्ति र मन्दिरहरु, ढुङ्गाका पुरानो मुर्तिहरु, एतिहासिक ढुङ्गेधारा, इनार र कुवा,पाटिपाैवा, डबली – धातु,काठ र ढुङ्गामा कुँदिएको मूर्ति,अभिलेख , चिन्हहरू, संकेतहरू, ढुङ्गामा बनेको गुफा, एतिहासिक महत्व बोकेको पाँच ढाेकाहरु- (जहाँ साँखु बजार भित्र चारैतिर प्रवेशद्धारकाे रुपमा लिइन्छ।),ठुला ठुला काठ र महंगो धातुबाट बनेकाे एतिहासिक रथहरु, – आँखीझ्याल, झिंगती र ढुङ्गागाका छाना, फलामबाट बनेको झोलुङ्गे पुल, एतिहासिक चैत्य ,विहार र गुम्बाहरु,- अनेकाैं गरगहना लगाईकाे देवीका मूर्तिहरू, ढुङ्गाका ठुला ठुला एतिहासिक स्तम्भहरू, ठुला ठुला एतिहासिक घण्टीहरु, बाह्रै मास बगिरहने सफा नदीहरु, पुरानो ऐतिहासिक पाेखरी, राजकुलाे, चाेक, गोरेटो बाटो, ढुङ्गाका सिंढीहरु, सामुहिक आँगन, -शिलालेख र ताम्रपत्रका आख्यान, नेवारी भाषाको लिपि, पुरानो औजारहरू, हलाेजुवा, ओखल,लुसि, ढिंकि,जाँटाे, पानीघट्ट, बिभिन्न किसिमका भजन कृतन एवम् स्तुतिहरु, बिभिन्न आकृतिका मन्दिरमा कुँदिएका हस्तकला र काष्ठकलाका चित्रहरू रहेको छन्।

पेशा राेजगार, उत्पादन –
यहाँको मुख्य पेशा कृषि हाे। हाेटेल व्यवसाय लगायत अन्य घरेलु तथा साना उद्योगहरु सम्बन्धित स्वराेजगार व्यवसाय यहाँका मानिसहरूको राेजगारी हाे। यहाँ पशुपन्छिपालन, माछापालन,धान, गहुँ, मकै जस्ता अन्नबाली, भटमास,ताेरी, आलु,गाेलभेडा,बन्दा, काउली,स्कुस, फर्सी,मुला, काँक्रो, तरुण ,सिमि,बाेडि,लसुन, रायाे,लगायतका नगदेबाली एवम् बेमाैसमि खेती गरिन्छ। केही अग्लो भुभागमा, अमिलो र गुलियो जातका फलफूलहरू लगाइन्छ।
भाषा, भेषभुषा र समुदाय-
एतिहासिक ,कला, सांस्कृतिक ग्रामकाे नगरी शंखरापुरमा विभिन्न धर्म ,भाषा र समुदायका मानिसहरूकाे बसाेबास रहेको छ , यहाँ – तामाङ, नेवार, ब्राम्हण, क्षेत्री, गुरुङ, विश्वकर्मा ,मगर,राई, परियार , विश्वकर्मा, लगायतका थर जनाउने मानिसहरुकाे बसोबास रहिआएको छ । यहाँको तामाङ, नेवारी र नेपाली भाषा प्रमुख भाषाहरू हुन्। धार्मिक रूपमा हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेता पनि यहाँ, वौद्ध धर्मालम्वीहरू ,मुसलमानहरू, क्रिश्चियन धर्मावलम्बीहरू, लगायत अन्य धर्मालम्वीहरू पनि रहेका छन्। परिकारहरू, दालभात तरकारी, अचार, ढिडाे,राेटि, चिउरा, नेवारी खाजा खाना, प्रमुख रहेको छ। पहिरनमा – सामान्य पाेशाक,कमिज सुरुवाल,ढाका टोपी, जरी काेट, स्टकाेट , कछाड, सर्ट पाइन्ट, गुन्यू चोली,कुर्था सुरुवाल, साडी चाेलाे, लगायत नेवारी पाेशाक, गुरुङ र तामाङले लगाउने पाेशाक पहिरन रहेका छन्।
पर्व , मन्दिर र धर्म –
यस नगरमा मुख्य रुपमा मनाउने जात्रा एवम् पर्वहरूमा शालीनदी मेला एवम् माधव नारायण स्वस्थानी व्रतकथा ,बज्रयोगिनी जात्रा ,मणिचुड मेला, नयाँ वर्षको मेला, दसै जात्रा, इन्द्रायणी जात्रा तथा अन्य जात्रा मानिन्छ , त्यस्तै प्रमुख चाडपर्वका रुपमा दसैँ, तिहार,जनैपूर्णिमा, शिवरात्री , फागुन पुर्णिमा , माघेसङ्क्रान्ति, चैतेदसैँ, साउने सङ्क्रान्ति, दियाली, हरितालिका तीज, कृष्णाष्टमी, गाईजात्रा , योमरी पुर्णिमा, ल्होसार, मनाउने गरिएको छ। नेपालको राजधानी काठमाडौं जिल्लामा रहेको नगरपालिका भएर पनि ग्रामीण बस्ती र भौगोलिक रुपमा विकट रहेको मानिन्छ ।केन्द्रीय राजधानीबाट करिब १७/१८ किलाेमिटर दुरीमा रहेको याे नगरको मुख्य विशेषताको रुपमा ऐतिहासिक साँखु शहर, बज्रयोगिनि, फेदीखोलाकाे नारायणेश्वर ,पालुवारी, शालिनदी, स्वस्थानीको मन्दिर,मणिचुड र कुण्डेश्वर  रहेका छन् । मन्दिरहरू – खड्गयाेगीनी, स्वस्थानी मन्दिर, माधवनारायण मन्दिर, महादेव मन्दिर, बज्रयोगिनी मन्दिर, नारायणेश्वर मन्दिर,सुनदेवि मन्दिर, शालिग्राम मन्दिर,सलम्वुदेवि मन्दिर, लगायतका मन्दिरहरू प्रमुख रहेका छन्।

ADVERTISEMENT

नगरकाे इतिहास र सम्बन्ध-
तिब्बतमुनिको (साँ दयाँ क्वे’) देश भनेर पहिले यस नगरपालिकाको साँखु सहरलाई चिनिन्थ्यो,भने धार्मिक  रुपमा यसलाई लावण्य देशको रुपमा पनि चिनिन्छ। ऐतिहासिक रुपमा यो ठाउँलाई पहिले साँक्व भनिन्थ्यो, पछि बेलायतीहरूले नक्सा बनाउँदा साँखु भनेर बनाए भन्ने मान्यता रहि-आएको त्यहाँका सांस्कृतिकविद् एवम् बुद्धिजीवी बताउँछन् । तिब्बती सम्राट स्रङचङ गम्पो र भृकुटीको बिहे पनि साँखुको बज्रयोगिनी मन्दिरमा भएको बताइन्छ । छैटौँ शताब्दितिर भृकुटीसँग बिहे गरेपछि स्रङचङ गम्पोले दाइजोमा बौद्धधर्म यहीँबाट लिएर गएको मान्यता रहदै आएको पाईन्छ ।सन्  ४०३ तिर नेपालका वुद्ध भक्त शाक्य यहि बाटाे भएर तिब्बत व्यापार गर्न  गएकाे भन्ने छ भने, सन् ४३३ तिर फाहियान र सन् ६३६ तिर युवाङ्ग चाङ्ग (ह्वेनसाङ) र ईत्सिङ भन्ने चिनियाँ नागरिक साँखुकाे बाटाे हुदै लुम्बिनी भ्रमण पश्चात भारत भ्रमणमा गएकाे भनाई पाइन्छ।
शंखरापुरकाे भुगाेल र आम्दानीको श्रोत –
शंखरापुर नगरपालिका ग्रामीण भेगका केही समथर भूभाग ,पहाडी फाँट, केही लेक,सिमसार,भिर पाखा,खाेला,सानाे चट्टानका पहाड,खहरे,ठाडाे झरना र जङ्गलहरुकाे भाैगाेलिक प्राकृतिक संरचनाले बनेको छ, यहाँकाे भु-धराटलिय स्वरुप अनुसार यहाँका बहुसंख्यक मानिसहरूको पेशा कृषि रहेको छ। कृषि क्षेत्र नै यहाँकाे मुख्य आयकाे आधार स्रोत र स्वराेजगार हाे। याे सँगै पर्यटन क्षेत्र पनि केही हदसम्म फस्टाएको छ,तर व्यवसायीक तवरले यसलाई विकास गर्न सकिएको छैन।

अन्त्यमा’ विकास र समृद्धिको सम्भावनाकाे भण्डार बाेकेर बसेको याे नगर विभिन्न चुनाैती र कठिनाईकासाथ राजनीतिक, सामाजिक रुपमा परिवर्तन भएतापनि आर्थिक रुपमा अझैसम्म सबल र सुदृढ बन्न सकेको छैन। वर्तमान अवस्थाको विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट हेर्ने र बुझ्ने हाे भने आज जति परिवर्तनको आवश्यकता देखिन्छ,यसले दुर दराजका ग्रामीण भेगमा अझ बढि नयाँ बिकास र समृद्धिको बाटो खाेलाउन आवश्यक  छ।तब त भविष्यमा हामिले एक विकास गर्दै आएको र चुनाैतीसँगै सम्भावनालाई पनि पुर्ण बनाउन सक्ने नगरकाे रुपमा चिनाउन सफल हुने छाैं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

लेखापढी व्यवसायीसम्बन्धी नियमावलीको दोस्रो संशोधन व्यवसायी प्रमाणपत्र लिन एक हजार रुपैंया लाग्ने

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

गौरीबहादुर कार्की नै विवादित भएको मानव अधिकार तथा शान्ति प्रतिष्ठानको आपत्ति

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

FNJ कोरियाद्वारा आयोजित डायस्पोरा मिडिया समिट दिपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

घोराही बनाऔं अभियानका कारण पानीको चरम अभावबाट मुक्त भयो घोराही १२ को तल्लो बसन्तपुर गाउँ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host