ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

रोजगारी खोज्ने युवालाई ठुलो अवसर – सहकारी मन्त्री


रोजगारी खोज्ने युवालाई ठुलो अवसर – सहकारी मन्त्री
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

७,असार काठमाडौं । मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने नाराका साथ प्रथम सहकारी रोजगार मेला २०८१ शुक्रवारदेखि ललितपुरमा सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आयोजना गरेको तीनदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाहरुलाई सहकारी क्षेत्रका रोजगारदाता सँग समन्वय गर्ने माध्यका रुपमा लिइएको छ । युवाहरु अवसर र रोजगारीको खोजीमा विदेशी क्रम बढ्दै गईरहेको अवस्थामा नेपालका सहकारी क्षेत्रमा आवद्ध भई स्वरोजगार हुन सकिने तथा यसक्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ भन्ने उदेश्यका साथ मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । मेलाको उद्घाटन समारोहमा बोल्दै भूमी व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री बलराम अधिकारीले युवाहरुको भावना अनुरुप सहकारी क्षेत्रले काम गर्नुपर्ने धारणा व्यक्त गरे । सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाहरुबीच सेतुको काम गर्ने उनले विश्वास व्यक्त गरे । यसैगरी मन्त्री अधिकारीले एउटै व्यक्ति दुई तीनवटा सहकारीको संचालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको समेत धारणा राखे ।

अर्थतन्त्रको एक मूख्य हिस्सेदारी सहकारी क्षेत्रको प्रमुख समस्या बुझेर सरकार अघि बढ्ने उनको जिकिर थियो । सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारी करण गर्ने जिम्मेवारी अवदेखि सरकारले लिने उनले प्रतिबद्धता समेत जनाए । कार्यक्रमबारे प्रष्ट पादै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले देश छोडेर बिदेश जाने युवाहरुलाई नेपालको सहकारी क्षेत्रमा स्वरोजगार हुने अवसर र राम्रो सेवा सुविधा सहितको रोजगार छ भने जानकारी गराउन मेला आयोजना गरिएको जानकारी दिइन् । अध्यक्ष मल्लले सहकारी क्षेत्रलाई सरकारले प्राथमितामा नराखेको गुनासो गरिन् । सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण र सहुलियत ॠणको व्यवस्थापन सरकारले नगर्दा यसक्षेत्रका किसानहरु विस्थापित हुने अवस्थामा रहेको उनको भनाई थियो । साथै सहकारीले २५ बढी चिया उद्योग संचालन गदै आएको , दैनिक २५ हजार लिटर बढी दुध उत्पादन गदै आएकोमा त्यसका लागि बजार नभएको सरकारको त्यसतर्फ ध्यानाकार्षण हुनुपर्ने अध्यक्ष मल्लले धारणा राखिन् ।

ADVERTISEMENT

कार्यक्रममा सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले धन्यवाद व्यक्त गरेका थिए । उद्घाटन समारोहमा सहकारी मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरीका उच्च अधिकारी तथा सहकारी क्षेत्रका व्यतित्वहरुको सहभागिता रहेको थियो । सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० बढी स्टलहरु रहेका छन भने मेला अवधिभर पाच हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजक संस्थाको छ । यसै सन्दर्भमा महासंघले सहकारीको वर्तमान रोजगारी स्थिती र भविष्यका संभावनाहरु बिषयीक कार्यपत्र पनि प्रस्तुत गरेको छ । कार्यपत्र प्रस्तुत गदै महासंघकी महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले सहकारी क्षेत्रमा एक लाखले प्रत्यक्ष रोजगारी र १० लाख व्यक्ति अप्रत्यक्ष तथा रोजगार र स्वरोजगार बनेका जानकारी दिइन् । तथ्यांक अनुसार नेपालमा ३१ हजार बढी सहकारी संस्थामा ७४ लाख व्यक्ति संलग्न छन् भने जसमा ५६ प्रतिशत महिला सहमागिता रहेको छ । नेपाल सहकारी क्षेत्रमा बढी व्यक्ति संलग्न हुने दोस्रो मुलुकमा पर्दछ भने पहिलो मुलुक फिलिपिन्स हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

विदेशी मुद्राको विनिमयदरमा फेरबदल

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

सोपान फर्मास्यूटिकल्स लिमिटेडकाे IPO खुल्ला

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

सेबोनमा कर्मचारीकाे माग

नेपाल धितोपत्र बोर्डले आई-पी-ओ प्रक्रिया पारदर्शी बनाउन नयाँ मापदण्ड लागू गर्ने

पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने

एपोलो हाइड्रोपावर लिमिटेडकाे IPO खुल्ला

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host