लोकेन्द्र प्रसाद यादव / ८ असोज , बोदे बर्साईन -। सप्तरीको बोदे बर्साईनमा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । मृत्युु हेनेमा बोदे बर्साईन नगरपालिका –५ भाटिन बस्ने १८ वर्षीय मोहम्मद इमरानको मृत्यु भएको हो ।खेतको धानबालीमा पानी हाल्ने क्रममा आइतबार बिहान ३ बजे सर्पले उनलाई खुट्टामा टोकेको थियो । सर्पको टोकाइबाट घाइते भएका उनलाई उपचारका लागि तत्कालै नेपाली सेनाबाट सञ्चालित सर्पदंश उपचार केन्द्र , कल्याणपुर सप्तरी लगिएको थियो। तर त्यहाँ चार घण्टा उपचारमा राखेर अन्तिममा समयमा अचानक कार्यरत डाक्टरले यहाँ उपचार सम्भव छैन भनी नोबेल मेडिकल कलेज बिराटनगर लैजान भन्यो । उहाँहरूलै आफै केस बिगारेर एम्बुलेन्स बोलाई हतार-हतारमा उठाएर अक्सिजन नभएको एम्बुलेन्ससमा बिरामीलाई राखि दिएको आरोप मृत्तकका परिवारजन्यले आरोप लगाएको छ।
उपचारको क्रममा लापरबाही हुदाँ बिरामीको मृत्युु भएको आरोप मृत्तकका हजुरबुबा ६५ वर्षीय मो. करामतले लगाउनु भएको छ । उहाँले भने हामी बिरामीलाई समयमै उपचारको लागि लगे त्यहाँ कुन सर्पले टोक्यो कसले हरेको छ ? त्यसलाई बोलाएर ल्याउ भनी दुई घण्टासम्म उपचार नै गरेनन् । घरबाट मान्छे जदाँ बिरामी थप सिकिस्त भई सकेको थियो । उपचारमा संलग्न डाक्टरहरू अलमलाउने जस्ता अस्वभाविक गतिविधि गरि रहेको थियो उनलेे भने । पछि भिडियो कलमा सोधेर उपचार सुरू गरेकोले डाक्टरको अनुभवको कमि र समयमा बिरामीलाई रेफर नगरिदिदाँ बिरामीको मृत्यु भएको मो. करामतको आरोप रहेको छ ।
बोदे बरसाईन नगरपालिका वडा नम्बर -५ का वडा अध्यक्ष मो. मजिवुर रहमानले सर्पदशं केन्द्रमा विषेशज्ञ डाक्टर थिएन भने समयमै रेफर गरि दिनुपर्ने हो । किन समयमा रेफर गरेन यो विषयमा छानबिन हुनुपर्ने बताए । नेपाली सेनाबाट सञ्चालित कल्याणपुर सर्पदंश उपचार केन्द्रका प्रमुख सेनानी उत्तम भण्डारीका अनुसार हाममीले २१ ओटा एन्टी भेनम भ्याल दिएपनि बिरामी निको नभएपछि यहँ आईसीयूको ब्यवस्था नभएकोले हामी बिराटनगर लिएर जान भन्यो । तर उहाँहरू बिराटनगर नलगी राजविराज लिएर जानुभयो भण्डारीले बताए ।
मो. वकिलका अनुसार बिना अक्सिजनको एम्बुलेन्स बोलाई बिरामी चढाई दियौं फेरि बाटोमा अक्सिजन भएको एम्बुलेन्समा चढाएर बिराटनगर जादैँ गर्दा राजविराज पग्नै लाग्दा बिरामीको अवस्था नाजुक देखेपछि गजेन्द्रनारायण सिंह प्रादेशिक अस्पताल भर्ना गराए । त्यहाँ उपचार सुरू गरेको कृहिछन पछि डाक्टरले मृत घोषणा गरि दिएपछि हामी बिरामीलाई लिएर घर ल्याएर आउदैँ गर्दा घरबाट एकचोटि सिरहाको कर्जनहा हस्पिटलमा देखाउन त्यहाँ पनि लगे थप हामी के भनाैं । यसरी डाक्टर नभएका सर्पदशं उपचार केन्द्रको नाममा मान्छे ज्यानै जानेगरी लापरबाही नहोस् भन्न चाहन्छ । कल्याणपुर सर्पदंश उपचार केन्द्रका संचालक समिति अध्यक्ष मो . उस्मान मियाँले भने अहिले हाम्रो उपचार केन्द्र सर्पदशं केन्द्रमा दक्ष डाक्टर छैन भनी स्वीकार गर्नु भएको छ ।उहाँले भने यहाँ चाैहर्वाबाट ब्यारेक सल्लाह लिएर उपचार हुने गरेको मियाँले बताए ।











