सम्झौता अनुसार पहिलो चरणमा गढी गाउँपालिकामा ४० घर तथा इनरुवा नगरपालिकाको वडा नं. ७ चाँदवेलामा ३० घर निर्माण गरिने छ । बिहीबार परियोजना तत्काल सूचारु गर्न गढी र चाँदवेलामा स्थानीयहरुसँग समेत बृहद् छलफल भएको थियो । छलफलमा सांसद चौधरीले आफ्नो चुनाबी बाचा अनुसार क्षेत्रको विकासमा गम्भिरतापूर्वक लागेको भन्दै स्थानीयहरुले प्रशंसा पनि गरे । सो क्रममा बोल्दै सांसद चौधरीले सुनसरी क्षेत्र नं. ३ को विकास र जनताका लागि आफु सदैव क्रियाशिल रहने बताउँदै आफु राजनीतिमा लाग्दा आफुले जनताको विकास कसरी हुन्छ भन्नेमा सोच बनाएको बताउनु भयो । नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहेकी चौधरीले जनताका सुख दुखःमा आफु हरदम रहने बताउँदै जनताका आधारभूत आवश्यक्ताहरु पुरा गर्न र सो क्षेत्रको बृहत्तर विकासमा आफु अहोरात्र खट्ने प्रतिबद्धता जनाइन् ।
चौधरीको सक्रियतामा क्षेत्रमा आएको परियोजनालाई कसरी सफल बनाउने ? लक्षित वर्गहरु कसरी पहिचान गर्ने ? सुरक्षित आवासको मोडल कस्तो हुने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी सहित स्थानीय जनप्रतिनिधि र नागरिकको बाक्लो उपस्थिति रहेको थियो । एक वर्षभित्र सुनसरी क्षेत्र नं. ३ का एक सय घर परिवारलाई सुरक्षित आवास निर्माण गर्ने यो परियोजना गढी, बर्जु, इनरुवा ७, इटहरी उमनपाको सुकुम्बासी क्षेत्र र दुहवी नगरपालिका अन्तरगतका सुकुम्बासी वस्तीमा सञ्चालन हुनेछ ।


सही जवाफ पत्रिका
काठमाडौँ, नेपाल
+9779851112187
sahijawaaph@gmail.com
info@dibaynews.com
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host
