काठमाडौं । कृषि विकास बैंककाे पुष २९ गते अठारौं वर्षिक साधारण सभा हुने भएको छ । सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान भक्तपुर बोडेमा बिहान ११ बजेदेखि हुने जनाएको छ । सभामा संस्थाले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश भएको छ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनार्थ बैंकले पुस १६ बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक विदा परेकोले पुस १४ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्ने छन् ।











