दिपक योगी,१० पुस – काठमाडौं । काठमाडौंको नारायण्टार लाहुरे टोल स्थित The church Of holyspirit मा चर्चका संचालक जोना थानले सम्पुर्ण इसाई धर्मावलम्बीहरुका साथ क्रीसमस डे अर्थात प्रभु यशुको जन्मदिन मनाएका छन् । यशु ख्रिष्टकाे जन्मदिन केक काटेर विभिन्न परिकारको भाेजन खुवाएर सम्पन्न गरिएको स्रोतले जनाए छ । त्यस्तै यशुले बालबालिकालाई धेरै मन पराउने भएकोले बालबालिकाको हातबाट केक कटाएर यशुका बचनहरु सुनाई सबैलाई उनको योगदान बारे जानकारी गराईएकाे थियोे ।
यशु पुस महिनामा जन्मिनुभएको र चिसो महिना अध्यारो रात हुने भएकोले जन्मेको दिन जुन भएपनि समय मिलाएर मनाईने गरेको संचालक जोन थानले बताए। विभिन्न जातजातिको आ-आफ्नो चाडपर्व जस्तै यशुको जन्मदिन मनाइन्छ , यो कुनै चाड नभएको संचालकले बताए । इसाई धर्ममा भिन्नता किन भन्ने प्रश्नमा जोन थानले भने, हो यस्मा फरक छ यो दुई प्रकारको छ एक तर्फिले आमा र अर्को तर्फीले छोरा मान्ने गरेको, फेरि अहिले चाइनाबाट झनै फरक तरीकाकाे इसाई धर्म मान्ने चलन आएको पनि जानकारी गराए। त्यस्तै यशुलाई यसरी किन मारिएको भन्ने प्रश्नमा जोन थानले भने ,त्यो बेलाको ब्यबस्थानै त्यस्तै रहेको र कसैले कसैलाई गलत भनेकै भरमा सार्बजनिक ठाँउमा यातना दिई त्यसरीनै मार्ने चलन रहेको बताए ।यशुले आफू मरेर पनि आफ्ना धर्मावलम्बिहरुलाई विभिन्न पाप र दोषबाट मुक्त दिलाउनलाई आफुले प्राण त्यागेकोले उहाँको आत्मा नमरेको साथै सबै इसाईले गर्ने काम , खाना ,यात्रा , जस्तोसुकै बिषयमा यशुले पुरा गरिदिने बिश्वास समेत रहेको छ ।











