ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

परम्परा तोड्दै जनक भण्डारीको टिम चुनावी एजेण्डाका


परम्परा तोड्दै जनक भण्डारीको टिम चुनावी एजेण्डाका
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
काठमाडौं । नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर १, सोमबार हल्टम सिटीस्थित इन्डियन किचेनको सभाकक्षमा आयोजित कार्यक्रममा भण्डारी समूहले आफ्नो चुनावी प्रतिबद्धता र भावी योजनाबारे जानकारी गराउँदै पत्रकारहरूबाट सुझाव लिएको हो। कार्यक्रममा अध्यक्षका उम्मेदवार भण्डारीसहित उनको प्यानलका अन्य उम्मेदवारहरूको पनि उपस्थिति थियो ।कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवार जनक भण्डारीले आफू निर्वाचित भएमा एनएसटीको गरिमालाई अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली समाज विश्व मानचित्रमा एक गौरवमय संस्था भएको बताउँदै यसले विगतमा एनसीएससी, हिमालयन हेल्थ क्लिनिक, नेपाली चेम्बर अफ कमर्स जस्ता महत्त्वपूर्ण संस्थाहरूलाई जन्म दिएको स्मरण गराए। उनले आफ्नो टिमका मुख्य एजेन्डाहरू प्रस्तुत गर्दै मन्दिर निर्माणमा जन-सहभागिता बढाउने, ज्येष्ठ नागरिकका लागि यातायातको व्यवस्था गर्ने, एनएसटीलाई छाता संगठनको रूपमा स्थापित गर्ने, अन्तर्राष्ट्रिय विद्यार्थी सहायता कोषलाई प्रभावकारी बनाउने र अमेरिकी सरकारी निकायसँग समन्वय बढाउने जस्ता योजना रहेको बताए ।

बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्धवार डा. चण्डी भण्डारीले आफु समाजले दिएका एजेण्डालाई आफ्नो टिमको एजेण्डा बनाउदै कार्यान्वयन गर्ने बताए । टिममा देशलाई सेवा गरेका कर्मठ साथीहरु हुनुहुन्छ, जस्ले अब समाजलाई सेवा गर्न तयार रहेको बताए ।कार्यक्रममा महासचिव पदका उम्मेदवार रामकृष्ण यादवले आफू सामाजिक सञ्जालमा प्रचारप्रसारमा भन्दा काममा विश्वास गर्ने बताए। विगतमा समाजसेवा गर्दा ‘प्रचार गरेको’ भन्ने आरोप लागेपछि आफूले सामाजिक सञ्जालमा व्यक्तिगत प्रचार नगर्ने प्रण गरेको उनले खुलासा गरे। “निर्वाचित भएमा हरेक निर्णय र कामको जानकारी प्रेस विज्ञप्तिमार्फत पारदर्शी रूपमा सार्वजनिक गरिनेछ,” यादवले भने, “मेरो व्यक्तिगत एजेण्डा छैन, टिमको एजेण्डा नै मेरो एजेण्डा हो। हामी हरेक तीन महिनामा पत्रकार भेटघाट गरेर सुझाव लिनेछौं।” उनले समाजको कामलाई विकेन्द्रीकरण गर्न टोल-फ्री नम्बरको व्यवस्था गर्ने योजना पनि सुनाए।

त्यस्तै उपाध्यक्ष पदकी उम्मेदवार गुञ्जन भण्डारीले नेपालदेखि नै आफू सामाजिक कार्यमा सक्रिय रहेको बताइन्। “समाज सेवा मनदेखि आउने भावना हो, प्रचार गर्नकै लागि गरिने विषय होइन,” उनले भनिन्, “पदमा नरहँदा अझै केही गर्न नसकेको महसुस भएर पुनः कार्यसमितिमा फर्कने निर्णय गरेको हुँ।” उनले विशेषगरी विद्यार्थी र महिलाहरूका समस्यामा समाजले अझ बढी सहकार्य गर्नुपर्नेमा जोड दिइन्। अन्तरक्रियामा सहभागी पत्रकारहरूले विभिन्न विषयमा सुझाव दिएका थिए। यूएस खबरका प्रधान सम्पादक ओम आचार्यले टेक्सासमा बढ्दो आत्महत्याको घटनालाई गम्भीर रूपमा लिन, परामर्शदाताको व्यवस्था गर्न, मिडिया र एनएसटीबीचको सम्बन्ध सुधार्न तथा क्रिकेट स्टेडियमको समस्या समाधान गर्न सुझाव दिए।

त्यस्तै, यूएस खबरका पत्रकार मनोज जोशीले समाजमा रहेको गुट-उपगुटको अन्त्य गर्न र असन्तुष्ट पक्षलाई मिलाएर लैजान आग्रह गरे।नेजाका पूर्व क्षेत्रिय संयोजक किसन रेग्मीले उम्मेदवारका एजेण्डा महत्त्वपूर्ण हुने र निर्वाचित भएपछि पनि यस्ता सुझाव संकलन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। कार्यक्रमको अन्त्यमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चण्डी भण्डारीले उठेका प्रश्नहरूको जवाफ दिँदै आफ्नो टिमले समाजले दिएका एजेण्डालाई आफ्नो टिमको एजेण्डा बनाउदै कार्यान्वयन गर्ने बताए । टिममा देशलाई सेवा गरेका कर्मठ साथीहरु हुनुहुन्छ, जस्ले अब समाजलाई सेवा गर्न तयार रहेको बताए । “जीवन सिद्धान्तका लागि होइन, सिद्धान्त जीवनका लागि हो’ भन्ने मान्यतामा हामी चल्छौं,” उनले भने, “समाजले हामीलाई एजेण्डा दिन्छ, हामी त्यसलाई कार्यान्वयन गर्ने पात्र मात्र हौं। टिम जनक केवल सेवाका लागि आएको हो।”

कार्यक्रमको सहजिकरण नेपाली समाज टेक्ससका पूर्व महासचिब सन्देश उप्रेतीले गरेका थिए भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चण्डी भण्डारी, उपाध्यक्ष पदका उम्मेदवार गुन्जन भण्डारी, महिला उपाध्यक्ष पदका उम्मेदवार राधिका खराल, सचिव पदका उम्मेदवार सुशिल बर्तौला, कोषाध्यक्ष पदका उम्मेदवार भोला मैनाली, सह कोषाध्यक्ष पदका उम्मेदवार रिनजिङ्ग लामा, युवा तथा विद्यार्थी संयोजक आदर्श भण्डारी, खेलकुद संयोजक उजित अधिकारी, र महिला संयोजक पदका उम्मेदवार यमुना थापा, कार्यकारी सदस्य पदका उम्मेदवारहरूमा प्रकाश नेपाल, रमेश थापा, अर्जुन बम, कृष्ण प्रसाई र उत्पल खड्का लगायतका सदस्यहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

मोरक्कोमा जेन जेड २१२ नामक युवा नेतृत्वको आन्दोलन चर्काे हुँदै

मोरक्कोमा जेन जेड २१२ नामक युवा नेतृत्वको आन्दोलन चर्काे हुँदै

नेपाल वायुसेवा निगमबाट ७ अर्ब ३९ करोड भन्दा बढी ऋण भुक्तानी

राष्ट्रिय ध्वजावाहक विमान असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान

उत्तराखण्डमा हराईरहेका नेपालीहरुकाे शुचि सार्वजनिक

उत्तराखण्डमा हराईरहेका नेपालीहरुकाे शुचि सार्वजनिक

लैङ्गिक विविधतालाई मानसिक रोगको सूचीबाट हटाउन पन्तको खुला पत्र

लैङ्गिक विविधतालाई मानसिक रोगको सूचीबाट हटाउन पन्तको खुला पत्र

जम्मू कश्मीरको पाहलगाममा आतंकवादी आक्रमण

जम्मू कश्मीरको पाहलगाममा आतंकवादी आक्रमण

अन्तरिक्ष अभियानकाे सन् २०२५ मा चिन

अन्तरिक्ष अभियानकाे सन् २०२५ मा चिन

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host