ADVERTISEMENT
ADVERTISEMENT
२१ पाैष, काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज पाैष २१ गते आइतबार अन्तिम दिन हो । वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पाैष २२ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ पाैष २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश हात पार्न सक्नेछन् । सभा, कोषको केन्द्रीय कार्यालय, नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ ।
कोषले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ % बोनस सेयर र ६ % नगद गरी कुल १३ % लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न कोषले ३० औं वार्षिक साधारण सभा पाैष २९ गते बोलाएको छ ।











