ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जेन्जी २.० सबै पुस्ताको सहभागिता सहितको राष्ट्रिय अभियान


जेन्जी २.० सबै पुस्ताको सहभागिता सहितको राष्ट्रिय अभियान
ADVERTISEMENT

काठमाडौं । जेन्जी २.० सबै पुस्ताको सहभागिता सहितको राष्ट्रिय अभियान, किन छ चर्चामा ? भ्रष्टाचार, असुशासन, नेतातन्त्र र प्रशासनिक स्वार्थका विरुद्ध देशभर विगत केही वर्षयता उठिरहेका साना–ठूला आन्दोलनहरूबीच अब एउटा नयाँ र फरक लहर देखिएको छ — जेन्जी २.० सबै पुस्ताको राष्ट्रिय अभियान । भदौ २३ गते सुरु भएको प्रारम्भिक जेन्जी आन्दोलनले भ्रष्टाचार र असमानताविरुद्धको स्वर बुलन्द गरेपछि देशभर नयाँ राजनीतिक चेतना जगाएको थियो । तर त्यसपछि आन्दोलन केवल एक पुस्तामा सीमित रह्यो भन्ने आलोचना चल्यो । यही कमजोरीलाई सम्बोधन गर्न, सबै पुस्ता, पेशा र विचारका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले ‘जेन्जी २.०’ अभियान सुरु गरिएको हो ।

एक पुस्ताको आन्दोलन देखि सबै पुस्ताको एकतासम्म

जेन्जी आन्दोलनका घाइतेहरूको उमेर १५ वर्षदेखि ७१ वर्षसम्म र सहिदहरूको उमेर १६ देखि ६४ वर्षसम्म रहेको तथ्यले स्पष्ट गर्छ—यो आन्दोलन केवल युवाको होइन, सबै पुस्ताको साझा पीडा र सपना हो । त्यसैले अहिलेको जेन्जी २.० ले आफूलाई “एक पुस्ताको आन्दोलन” होइन, “सबै पुस्ताको राष्ट्रिय अभियान” को रूपमा परिभाषित गरेको छ ।

चार दिनसम्म चलेको राष्ट्रिय भेलामा सहिद परिवार, घाइते योद्धा, सामाजिक अभियन्ता, युवा प्रतिनिधि, महिलाहरू, विभिन्न राजनीतिक दलका कार्यकर्ता र व्यवसायिक क्षेत्रका विशेषज्ञहरूको उपस्थितिले अभियानलाई समावेशी स्वरूप दिएको छ ।

भिन्नता ः नारा होइन, जिम्मेवारीको आन्दोलन

अन्य समूहहरू जहाँ ‘जेन्जी मन्त्रालय’ को माग गर्दै सीमित छन्, जेन्जी २.० ले त्यसभन्दा फरक बाटो रोजेको छ । यस अभियानले प्रधानमन्त्री कार्यालय, राष्ट्रपतिको कार्यलय, स्थानीय तह र प्रभावित क्षेत्रहरूमा पुगेर राहत, पुनर्निर्माण र सुशासनका सवालमा प्रत्यक्ष संवाद थालेको छ ।

अभियानका संरक्षक तथा परिकल्पनाकार डा. हरि कार्की भन्छन् –“यो सरकार हाम्रो हो । यसलाई सुधार्नु, जोगाउनु र जनताको आवाजसम्म पुर्‍याउनु हाम्रो जिम्मेवारी हो । जेन्जी आन्दोलनका मागहरू सम्बोधन गर्न हामी नै दबाब दिनेछौं, तर हिंसाको होइन, जिम्मेवारीको बाटोबाट ।”

राष्ट्रिय भावना र जनसहभागितामा जोड

जेन्जी २.० ले आन्दोलनका सहिद र घाइतेहरूलाई सम्मानपूर्वक स्मरण गर्दै “जेन्जी चोक” र “सहिद चोक” स्थापनाको अभियान सुरु गरेको छ । यसले “नेपाल ओपन क्याम्पेनिंग” मार्फत पर्यटन क्षेत्र पुनर्जीवनमा पनि जोड दिएको छ — ताकि अर्थतन्त्रको ठूलो हिस्सा बनेको पर्यटन पुनः सक्रिय बनोस् । अभियानका अभियन्ताहरूका अनुसार, “हामी मन्त्रालयका कुर्सी होइन, मन जित्ने यात्रा सुरु गरेका छौं ।” यस सन्देशले जनतामा सकारात्मक धारणा बढाएको छ ।

सबै पेसा, सबै विचारका प्रतिनिधि एउटै लक्ष्यमा

राष्ट्रिय भेलापछि गठित प्रारम्भिक समितिले एक साताभित्र देशव्यापी संगठन विस्तार सुरु गर्ने निर्णय गरेको छ । अभियानले सबै जिल्लामा फारम संकलन, प्रतिनिधिहरूको बायोडाटा संकलन र विशेषज्ञ टोली निर्माणको काम अघि बढाएको छ ।

अभियानको मुख्य उद्देश्यहरू यसप्रकार छन्—

आन्दोलनका उपलब्धिहरूको संरक्षण,

राष्ट्रिय एकताको सुदृढीकरण,

सुशासन र पारदर्शी नेतृत्वको प्रवर्द्धन,

र आत्मनिर्भर नेपाल निर्माणमा युवा–वरिष्ठ सबै पुस्ताको सहकार्य ।

किन चर्चा छ अहिले न्भलश् २.० को ?

१. समावेशी दृष्टिकोणः अन्य समूहहरूले केवल मन्त्रालय मागेका बेला, यो टोलीले सबै पुस्ता र आन्दोलनलाई एउटै मञ्चमा ल्यायो ।

ADVERTISEMENT
ADVERTISEMENT

२. व्यवहारिक गतिविधिः राहत, संवाद र संगठन विस्तारमार्फत स्थलगत काम गरिरहेको छ ।

ADVERTISEMENT

३. अर्थतन्त्रमा जोडः “नेपाल ओपन ” अभियानमार्फत पर्यटन पुनर्जीवनलाई राष्ट्रिय प्राथमिकता बनाएको छ ।

५. राष्ट्रिय सन्देशः “हामी सबै नेपाली एक हौं” भन्ने भाव विश्वमा पुर्‍याउने उद्देश्य लिएको छ ।

४. नेतृत्वको स्पष्टताः डा. हरि कार्कीको परिकल्पनामा आधारित यो अभियान योजनाबद्ध ढंगले अगाडि बढिरहेको छ ।

निष्कर्ष ः आन्दोलनभन्दा माथिको विचार

न्भलश् २.० अब केवल आन्दोलन होइन, एउटा विचार र राष्ट्रिय मनोभाव बनिसकेको छ । यो अभियानले देशभित्र आशाको किरण जगाएको छ — जहाँ युवाको उर्जा, मध्यपुस्ताको अनुभव र वरिष्ठ पुस्ताको मार्गदर्शन एकैसाथ प्रयोग हुँदैछ । देश निर्माण र पुनरुत्थानको यात्रामा यो अभियानले दिएको सन्देश सरल तर गहिरो छ —

“जेन्जी २.० ः देश एक, पुस्ता सबै ।” जेन्जी २.० का सम्पूर्ण जेन्जीहरु केन्द्रिय कार्यालय महाराजगञ्ज, काठमाडौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अँध्यारो छायाँ (रहस्यमय जीवन) Dark Shadow (Mysterious Life) कथा

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

अध्यात्म प्रकृति र मानवता वैश्विक शासनमा नयाँ प्रतिमान

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

बीमा सचेतना बढाउन विराटनगरमा विद्यार्थीसँग अन्तरक्रिया

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता नेता मिश्र

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

डिजिटल युगमा युवा र नेपालको भविष्यको राजनीति र पुनर्जागरणमा नयाँ चेतनाको खोजी

सेल्फल्याण्डिङ्ग व्यवस्था(आत्म अवतरण) वा साम्यवाद नयाँ प्रारम्भ “सन्ताेष प्र. तिवारी”

सेल्फल्याण्डिङ्ग व्यवस्था(आत्म अवतरण) वा साम्यवाद नयाँ प्रारम्भ “सन्ताेष प्र. तिवारी”

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host