२०७९ चैत १४,काठमाडौं ।
कृषि विकास बैंकको वार्षिक साधारण सभा बस्दै । सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा १४ गते मंगलबार बिहान ११ बजे सुरु हुने भएको छ । उक्त सभामा गत आर्थिक वर्षको नाफाबाट साधारण सेयरधनीहरुलाई २% बोनस सेयर र कर सहित ११% नगद गरी कुल १३% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ, भने ‘अग्राधिकार सेयरधनीलाई भने ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ ।