ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

गन्तव्यहिन दिशातर्फ नेपाली राजनीति


ADVERTISEMENT

-नन्दलाल खरेल

ADVERTISEMENT

मुलुकले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको डेढ दशकअघिदेखि अभ्यास गरिएको छ । यद्यपि अलोकतान्त्रिक हर्कतहरूको ब्यारोमिटर उच्च छ । सुशासन, शान्ति र समृद्धिको जति ढोल पिटाए पनि कुशासन, अशान्ति र अविकासको दिशातर्फ मुलुक धकेलिएको छ । हिजो जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य राखेका सशस्त्र युद्धका नाइकेले आज राज्य सत्ताको प्रमुख बागडोर सम्हालेका छन् । यद्यपि आम सर्वसाधारण मजदुर, किसान र उत्पीडनमा रहेका जनताका समस्या ज्युँकात्यूँ रहेका छन् । राजनीतिक उपलब्धिहरूको चाङ थुप्रै भए पनि जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन । संविधानमा समाजवाद उन्मुख अर्थतन्त्रको लिपिबद्ध गरे तापनि हाम्रो वर्तमान अर्थव्यवस्था अझै दलाल तथा नोकरशाही पुँजीवादको छायांमा छ । पुँजीवादी संसदीय व्यवस्थाबाटै जनताको मुक्ति गर्न सकिन्छ भनेर कम्मर कसेर माओवादीका अध्यक्ष ‘प्रचण्ड’ लागिपरेका छन् । उनले दोस्रो पटक विश्वासको मत पाएपछि पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् विस्तार गर्दा अझै पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री दाहालको जिम्मामा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र खोनपानी मन्त्रालय रहेको छ । गठबन्धनका चार दल सरकार बाहिरै छन् । सरकारको नेतृत्व गरेका प्रचण्डलाई समृद्ध/विकासभन्दा पनि गठबन्धनलाई मिलाएर लैजानमै सकस छ । उनको प्रमुख ध्यान गठबन्धनलाई मिलाउनु र सत्तामा टिक्नुमै केन्द्रित देखिन्छ । मन्त्रिपरिषद्को पछिल्लो विस्तार हेर्दा एकाधबाहेक अधिकांश टेष्टेड भइसकेका पुरानै मन्त्रीहरूको बाहुल्य देखिन्छ । हिजोका दिनमा ती मन्त्रीहरूले नेपाली जनताको हितमा कुनै उल्लेखनीय काम गरेको देखिँदैन । गुटगत विवादका कारण कांग्रेसले आफ्नो भागमा परेको आठमध्ये चार मन्त्रालयमा मात्रै मन्त्री पठाएको छ । नयाँ बजेटको तयारी गर्नुपर्ने र पुँजीगत खर्चलाई सिध्याउने चटारोमा पनि मन्त्रालयले मन्त्री पाउन सकेको छैन र रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टी सरकारबाटै बाहिरिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १०० दिनको हनिमुन पिरियड पार गरेको छ । यद्यपि आफ्ना सारथिहरूको नियुक्ति अझैँ बाँकी छ । मुलुकको वर्तमान राजनीतिक परिस्थिति हेर्दा संसदीय व्यवस्था झन्-झन् संकटग्रस्त हुने देखिएको छ । उसले सुरुदेखि नै उद्योग मन्त्रालय दाबी गर्दै आएको थियो । सो मन्त्रालयन पाएपछि जनमतका तर्फबाट खानेपानी मन्त्री रहेका अब्दुल खानले मन्त्री पदबाट राजीनामा दिएका छन् । मन्त्रालय भागबण्डामा विवाद हुँदा स्वतन्त्र सांसद प्रभु शाह सरकारमा सहभागी भएनन् । बजेट धेरै हुने र अप्रत्यक्ष कमाइ गर्न सकिने मन्त्रालयमा सबैको चासो बढ्न गएकाले यस्तो अवस्था आएको हो । यो चरण विकृति हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले १०० दिनको हनिमुन पिरियड पार गरेको छ । यद्यपि आफ्ना सारथिहरूको नियुक्ति अझैँ बाँकी छ । मुलुकको वर्तमान राजनीतिक परिस्थिति हेर्दा संसदीय व्यवस्था झन्-झन् संकटग्रस्त हुने देखिएको छ । हिजोको दिनमा भएका झैँ संसद खरिद बिक्री, सुविधाका नाउँमा रातो पासपोर्ट बेचविखन, पुरुष सांसदले सुत्केरी भत्ता, सुरा-सुन्दारीसहित मदिरा, प्राडो पजेरोहरूको घृणित खेलहरू नआउला भन्न सकिँदैन । राजनीतिक अस्थिरता आउनुमा आमूल परिवर्तनका लागि भएको महान् सशस्त्र युद्धको समाप्ति र त्यसका प्रमुख भनिएका पात्रहरूले गरेको वर्गघात र आत्मसर्मपणको कारण हो । अझ स्पष्ट भन्नुपर्दा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा आएको प्रतिक्रान्तिले नै ल्याएको दुष्परिणाम हो । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यो तीतो सत्य स्वीकार्न तयार छैनन् । किनकि उनले कम्युनिष्ट पार्टी र माओवादी नाउँलाई एमालेझैँ केवल ट्रेडमार्कका रूपमा दुरुपयोग गरेर जनतालाई केही हदसम्म भए पनि भ्रममा पारिरहेका छन् । मुलुकमा अहिले बहुआयमिक समस्याहरू छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको संख्या अप्रत्यासित रूपमा बढिरहँदा त्यसको असर नेपालमा देखिन थालेको छ । पछिल्लो एक सातादेखि नेपालमा कोरोनाको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि अहिले स्वास्थ्यमन्त्रालय मन्त्रीविहीन अवस्थामा छ । स्वास्थ्यजस्तो महत्वपूर्ण मन्त्रालयमा मन्त्री नियुक्ति नगर्नु यो ज्यादै ठूलो विडम्बना हो । खुला सीमानाका कारण कतिपय संक्रमित अहिले नेपाली छिर्नै थालेका छन् । स्वास्थ्यको कमजोर संरचना भएको मुलुकले बेलैमा ध्यान दिनुको सट्टा गठबन्धन संस्कृतिमार्फत देशलाई लुट्ने काम मात्र भएको छ । सरकारले अर्थतन्त्रका परिसूचकहरू सकारात्मक दिशामा गएको ढोल पिटाए पनि कुल राजस्व परिचालनले चालु खर्चलाई धान्न सकेको छैन । चालु आर्थिक वर्षको सात महिनाको नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार संघीय सरकारको खर्च ६६७ अर्व ६६ करोड र राजस्व परिचालन ५१४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यसले के संकेत गर्छ भन्ने तर्क गरी हामी श्रीलंकाको बाटोमा जाँदै त छैन भनी भय देखाएको छ । सबै नेपालीलाई स्वदेशमै रोजगारी ग्यारेन्टी गरे पनि युवाको विदेश पलायन उत्कर्षमा पुगेको छ । हातमुख जोड्न आमसर्वसाधारण जनताले रेमिट्यान्स भर पर्नुपरेको छ । हामीले दैनिक जीवनमा प्रयोग हुने वस्तुमा समेत परनिर्भरता बढेको छ । कृषिप्रधान देश भए पनि कृषिमा परनिर्भरताको तथ्यांक डरलाग्दो छ । सरकारले समृद्धिको जतिसुकै ढोल पिटाए पनि पुँजीगत खर्च अत्यन्तै न्यून छ । आर्थिक वर्ष सकिन तीन महिना बाँकिरहँदा २० प्रतिशत पुँजीगत खर्च हुन सकेको छैन । बढ्दो व्याजदर तथा तरलता अभावले निजी क्षेत्र निकै सकसमा रहेको देखिन्छ । भ्रष्टाचार र बेरुजु रकम थपिएको छ । कालोबजारी, बिचौलिया र दलाल माफियाका कारण जनजीवन सकसपूर्ण छ । शिक्षा र स्वास्थ्य सबै नेपालीलाई निःशुल्क भने पनि त्यसमा सबैभन्दा लुट छ । विषादीयुक्त तरकारी तथा फलफूललाई नाकामा परीक्षण गरेर ल्याउने उद्घोष गरे पनि खुलमखुल्ला त्यस्ता वस्तुलाई आयात गरिएको छ । जसले गर्दा आमनेपालीहरू विभिन्न रोगको सिकार हुनुपरेको छ । रोगको सिकार भएपछि आयातित औषधीजन्य वस्तुहरू महँगो शुल्क तिररे सेवन गर्न बाध्य हुनुपरेको छ । सरकारले समृद्धिको जतिसुकै ढोल पिटाए पनि पुँजीगत खर्च अत्यन्तै न्यून छ । आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा पनि २० प्रतिशत पुँजीगत खर्च हुनसकेको छैन । बढ्दो व्याजदर तथा तरलता अभावले निजी क्षेत्र र उत्पादन र व्यावसायिक क्षेत्र निकै सकसमा रहेको देखिन्छ । बढ्दो व्याजदरका कारण वस्तु तथा सेवाको मूल्य बढ्दो छ । निजी क्षेत्र आर्थिक क्रियाकलापमा निरुत्साहित भएका छन् । सरकारको नीतिगत असफलताले मुलुकले उत्पादनमूलक उद्योगका लागि लगानीमैत्री वातावरण सिर्जना हुननसक्दा अधिकांश ठूला व्यवसायीमा व्यापारप्रति मोह बढ्दै गएको छ । उत्पादन संस्कृति हराउँदै उपभोगमुखी संस्कृतिले अर्थतन्त्रलाई धराशायी बनाउँछन् । बजेट समीक्षा गरेर बजेटको आकार घटाएको छ । जसले गर्दा पुँजीगत खर्चमा समेत असर परेको छ । पुँजीगत खर्चको रकम घटाउँदा विकास आयोजना समेत प्रभावित भएका छन् । मुलुक राष्ट्र ऋणले थलिएको छ । राष्ट्र ऋण बढेर झण्डै २१ खर्ब नजिक पुगेकोे छ । यो रकम अभैm बढ्ने निश्चित छ । मुद्रास्फीति बढ्दो रूपमा छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार माघसम्म वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा निर्यातसमेत २९.० प्रतिशतले घटेको छ । अघिकांश परिसूचक नकारात्मक अर्थात् ऋणात्मक भएपछि मुलुकको समृद्धि असम्भव छ ।

ADVERTISEMENT

सरकारले रेमिट्यान्स बढेर अर्थतन्त्र सुधारको दिशामा गएको बताएको छ । रेमिट्यान्स बढ्दैमा सरकारको ढुकुटीमा वृद्धि हुँदैन । रेमिट्यान्स प्राप्त गर्ने परिवार बलियो हुने हो । उनीहरूको उपभोग क्षमता बढ्ने हो । तर, सरकारको चालु खर्च धान्ने अवस्था नआएमा व्यक्तिको रेमिट्यान्सले काम गर्दैन । देशको आर्थिक वृद्धिदर बढाउन उत्पादन बढाउनुपर्छ । सरकारले आठ प्रतिशत आर्थिक वृद्धिदर घोषणा गरे पनि मुस्किलले ४.५ प्रतिशत आर्थिक वृद्धिदर हुने संकेत देखिएको छ । तसर्थ सरकारले आर्थिक नीति, व्यापार नीति, मौद्रिक नीतिमा परिवर्तन गरी आर्थिक वृद्धिदर बढाउने योजनामा लाग्न अपरिहार्य छ । यो दिशामा सरकार सम्बन्धित निकाय तथा निजी क्षेत्रको सहभागितामात्र सम्भव छ । यसप्रति सबैको हेक्का रहोस् । (खरेल अर्थ राजनीतिक विश्लेषक हुनुहुन्छ ।)

ADVERTISEMENT

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

सबै सुविधा देखिने अधिकार नदेखिने काठमाडौँ जिल्ला बासिको यथार्थ

परिवर्तनको नाममा स्थायी दोहोरावट

अराजकता होइन विवेकपूर्ण परिवर्तनको खाँचो

परिवर्तनको नाममा स्थायी दोहोरावट

समानता र स्वतन्त्रताको संघर्ष नयाँ पुस्ताको भूमिका

परिवर्तनको नाममा स्थायी दोहोरावट

जेन–जि सरकार तीन वर्ष टिकाउनुपर्ने माग आन्दोलन-निषेधदेखि राजनीतिक सुधारसम्म  तिवारीको धारणा

परिवर्तनको नाममा स्थायी दोहोरावट

मेराे स्वतन्त्र आवाज-परिवर्तनकाे मार्ग र राष्ट्रकाे भविष्य

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host